बुधबार, श्रावण ६,२०८३ 10:37:16
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:37:16
Bizshala
Global IME Bank Limited

मेरो किसान लिमिटेडको आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त

मेरो किसान लिमिटेडको आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त
New Office

काठमाडौं । मेरो किसान लिमिटेडले सर्वसाधारणमा शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।

यस सम्बन्धमा सोमबार (२०८२ चैत २ गते) काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा दुई कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कम्पनीका अनुसार नेपालको कृषिउत्पादन प्रणालीलाई प्रविधिमार्फत विस्तार गर्ने उद्देश्यका साथ स्थापना गरिएको मेरो किसान लिमिटेडमा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको संलग्नता रहेको छ। कम्पनीले किसानसँग प्रत्यक्ष सहकार्य गर्दै कृषि बिउ–बिजन उत्पादन, कृषिउपज संकलन, भण्डारण र वितरणको काम गर्दै आएको छ। साथै डिजिटल प्लेटफर्ममार्फत कृषिउत्पादन उपभोक्तासम्म पुर्‍याउने प्रणाली पनि विकास गरिरहेको कम्पनीले जनाएको छ।

कम्पनी र बिक्री प्रबन्धक दुवै पक्षले पूँजीबजारमार्फत सर्वसाधारणसँग जोडिने यस सहकार्यले कृषिप्रधान देश भनिने नेपालमा कृषि क्षेत्रमा थप लगानी र विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कम्पनीले चितवन जिल्लाको पटिहानीमा कृषिप्रशोधन केन्द्र र दूध डेरी सञ्चालन गर्ने योजना पनि अघि बढाएको छ। यसका लागि कम्पनीले करिब ३.५ बिघा जग्गा खरिद गरी आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। कम्पनीले चालु आर्थिक वर्षभित्र कृषिप्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने र आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्म दूध डेरी सञ्चालन गर्ने लक्ष्य राखेको छ।

सम्झौता कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सञ्चालक सन्तोष बस्नेत उपस्थित थिए। प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया तथा विशिष्टिकृत लगानी कोष प्रमुख सुदिपहरि ढुंगाना सहभागी भएका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.