सोमबार, श्रावण १८,२०८३ 11:32:32
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:32:32
Bizshala
Global IME Bank Limited

नमस्ते पे ले नयाँ वर्षको अवसरमा ल्यायो हवाई टिकट र इन्टरनेट बिल भुक्तानीमा आकर्षक अफर

नमस्ते पे ले नयाँ वर्षको अवसरमा ल्यायो हवाई टिकट र इन्टरनेट बिल भुक्तानीमा आकर्षक अफर
New Office

काठमाण्डौ । नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा हरेक हवाई टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा आफ्ना प्रयोगकर्ताहरुका लागि नगद फिर्ता दिने अफर सुरु गरेको छ । यो अफर चैत २६ गतेदेखि वैशाख छ गतेसम्म उपलब्ध हुनेछ ।

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने उडानकर्ताहरुले प्रत्यके टिकटमा तत्कालै रु.१५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याक प्रति मान्य हुने र प्रति लेनदेनमा सीमित नहुने कम्पनीले जनाएको छ । यसर्थ जति धेरै टिकट खरिद गर्यो,उति नै बढी क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।  

त्यसै गरी नमस्ते पे मार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले ५ प्रतिशत अथवा रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत नमस्ते पे प्रयोगकर्ताहरुले उडान टिकट र इन्टरनेट बिल भुक्तानीमा क्यासब्याकका लागि योग्य हु्नका लागिथ प्रोमो कोड प्रयोग गर्नु पर्दैन ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.