आईतवार, फाल्गुन ११,२०८१ 02:50:24
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:50:24
IME remit
Global IME Bank Limited

स्वास्थ्य बीमा बोर्डमा पौने ४ अर्ब रकम मौज्दात, ३६ हजार बीमितले लिए सेवा

Hyundai Nepal
स्वास्थ्य बीमा बोर्डमा पौने ४ अर्ब रकम मौज्दात, ३६ हजार बीमितले लिए सेवा
Nabil Bank Limited

काठमाण्डौ । नेपालको कुल जनसंख्यामध्ये २६.५४ प्रतिशत जनसंख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम ७७ लाख ४१ हजार ४८३ जना जनसंख्या स्वास्थ्य बीमा सेवामा जोडिएका हुन् ।  

कुल बीमितमध्ये स्वास्थ्य बीमा सेवा लिनेको संख्या भने ४७.१८ प्रतिशत मात्रै रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार ३६ लाख ५२ हजार ४३२ जनसंख्याले स्वास्थ्य बीमा सेवा लिएका छन् ।  

साथै नवीकरण गर्ने बीमितको संख्या भने ६२.११ प्रतिशत अर्थात् ४८ लाख ८ हजार ७६० जना रहेका छन् । बोर्डका अनुसार कुल बीमित परिवार संख्या २३ लाख ९२ हजार ६७६ रहेको छ ।  

बोर्डले चालु आवको फागुन १० गतेसम्म सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)हरुलाई गरेको कुल भुक्तानी ६ अर्ब ४४ करोड १६ लाख रुपैयाँ पुगेको छ । हालसम्म बोर्डमा स्वास्थ बीमा कार्यक्रममार्फत मौज्दात रकम ३ अर्ब ८४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  

हाल स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्ला र ७५२ स्थानीय तहमा पुगेको छ । बाँकी रहेको काठमाण्डौ उपत्यकाको एउटा स्थानीय तह (बुढानिलकण्ठ नगरपालिका)मा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘स्वास्थ्य बीमा कार्यक्रम विस्तारले पूर्णता प्राप्त गरिसकेको भएपनि कार्यक्रमको सुदुढीकरण र दिगो व्यवस्थापनका लागि अझै विभिन्न चूनौतीहरु रहेको छ’ बसौलाले भने, ‘सेवा प्रदायक संस्थाले जवाफदेही भएर सेवा प्रवाह गर्ने, बीमित नागरिकहरुले सहजतापूर्वक सेवा प्राप्त गर्ने र उचित नियमन तथा तोकिएको समयमा दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन बोर्ड सदैब अग्रसर रहन्छ ।’  

वित्तीय साधनको समतामुलक परिचालन गर्दै पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी वित्तीय संरक्षण प्रदान गर्न र सेवा प्रदायक स्वास्थ्य संस्थाको क्षमता तथा जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यका लागि स्वास्थ्य बीमा बोर्ड निरन्तर रुपमा प्रयास गर्दै अगाडी बढेको बसौलाले बताए ।  

कार्यक्रममा लक्षित वर्गको आबद्धताको अवस्था  

स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न वर्गहरुको आबद्धता रहेको छ । बोर्डका अनुसार चैत १८ गतेसम्ममा अति गरिब बीमितको संख्या ५ लाख १४ हजार ६१८ रहेको छ ।  

त्यस्तै, जेष्ठ नागरिक बीमितको संख्या ९ लाख ३० हजार ३९७ जना, एचआईभी संक्रमित बीमितको संख्या ३६ हजार ८८१ जना, अति अशक्त अपाङ्ग बीमितको संख्या १ लाख ४१ हजार २२३ जना, एमडिआर/एक्सडिआर टिबि बीमितको संख्या ३ हजार ३३१ जना, कुष्ठरोग संक्रमित बीमितको संख्या ३ हजार ६८५ जना र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमितको संख्या १ लाख ३२ हजार ५६७ रहेको बोर्डले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.