काठमाण्डौ । व्यवसायी दीपक भट्ट प्रहरी कार्यालयमा आफैं पुगेको खुलेको छ ।
भट्टका एक सहयोगीका अनुसार सञ्चारमाध्यममा भट्टलाई पाटनबाट पक्राउ गरेको बताएपनि वास्तविकता भने त्यस्तो नरहेको खुलेको हो ।
‘सम्पत्ति शुद्धीकरण विभागले आवश्यक अनुसन्धानका लागि व्यवसायी भट्टलाई पक्राउ गरी सहयोग गर्न भन्दै हिजो प्रहरीको केन्द्रीय अनुसन्धान व्यरोमा फाइल पठाएको रहेछ’ भट्टका एक सहयोगीले बिजशालासँग भने, ‘आज बिहान दाईलाई सीआईबीबाट फोन आयो त्यसपछि आज दाई आफैं प्रहरीकोमा जानुभयो ।’
पक्राउ परेका भट्टलाई प्रहरीले आजै म्याद थप गरी आवश्यक अनुसन्धान गर्न पाउनुपर्ने माग गर्दै काठमाण्डौ जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ ।

