काठमाण्डौ । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ‘स्किल विक २०२४’को ५ औं संस्करण समापन भएको छ । उक्त समारोह गत आइतबार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमका बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १ सय जनाभन्दा बढीको उपस्थितिमा समापन भएको हो ।
कार्यक्रममा उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
एक हफ्ते उक्त कार्यक्रममा विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दोे सिपप्रतिको महत्व,ब्यापार, सेवा, आधुनिक प्रविधि देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य कार्यक्रमले लिएको छ ।
यो कार्यक्रम ३१ मार्चदेखि ०८ अप्रिलसम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा ५ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमाकला र संस्कृति, उद्यमशीलता,पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रविधि एवम डुअल भेट रहेका थिए।