सोमबार, श्रावण १८,२०८३ 11:31:13
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:31:13
Bizshala
Global IME Bank Limited

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीमा छुट
New Office

काठमाण्डौ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम, अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउनेछ ।  

एनसेल र हिमालयन जाभा कफीबिचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने भएका छन् ।

हालै मात्र एनसेल र हिमालयन जाभा कफीबिच यो साझेदारीका लागि सम्झौता भएको छ । यो साझेदारीले ग्राहकहरूको भेटघाट, बैठक र जमघटलाई थप रमाइलो र अर्थपूर्ण बनाउनेछ । रु. ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन् । त्यति मात्रै होइन तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

त्यसै गरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु. ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यसबाहेक रु. ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट अफरबारे आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘सम्बन्धहरूलाई राम्रा अनुभवहरुका साथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं । हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत हामीले हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एक अर्कासँग जोडिन अनि जीवनका साना–साना खुसीहरू साट्न थप कारण दिइरहेका छौं । यो अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाँउछ ।’

यो अफर उपयोग गर्न निकै सहज छ । कुनै पनि किसिमको दर्ता प्रक्रियाको झन्झट ग्राहकहरूले लिन पर्दैन । मात्र एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएको हुनुपर्छ । छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भीसेस’ भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्छन् । एउटा बिलमा एउटा मात्र छुट लागू हुन्छ र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुन्छ ।

“एनसेलसँगको यो साझेदारीमा नेपालभरका कफी प्रेमीहरूलाई रोमाञ्चक अफरहरू ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । हिमालयन जाभाको प्रिमियम कफी प्रतिको लगाव र एनसेलको अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई यो सहकार्यले बढवा दिएको छ,” हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले भने।

यो योजनाको लाभ लिन ग्राहकले अर्डर दिने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन हिमालयन जाभाका कर्मचारीहरूलाई देखाउन पर्छ, स्क्रीनसट मान्य हुँदैन । प्याक सक्रिय रहेको अवधिभर यो अफरको फाइदा पटक–पटक लिन सकिन्छ ।  

यो सहकार्यले ग्राहकहरूलाई आफूले चलाउँदै आएको प्लानमा कुनै परिवर्तन नगरी थप सुविधा उपलब्ध गराएको छ । योजनाको बारेमा थप  विवरण र तथा लागु हुने सर्तहरू एनसेलको वेबसाइट वा एनसेल एपबाट प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.