शुक्रबार, फाल्गुन ३०,२०८१ 02:37:43
IME remit
  • शुक्रबार, फाल्गुन ३०,२०८१ 02:37:43
IME remit
Global IME Bank Limited

निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्व अर्थमन्त्री डा. महत

Hyundai Nepal
निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्व अर्थमन्त्री डा. महत
Nabil Bank Limited

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।  

 ‘०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण हो । निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति थियो, त्यसले नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्याएको हो’ । उनले भने, ‘नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात निर्यातमा मात्र सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्यो ।’  

Shivam Cement
Bizshala
CG Motors

पूर्वमन्त्री डा. महतले भने, ‘पछिल्लो चरणमा म अर्थमन्त्री भएँ, पहिलो चरणको सुधार ०४६ पछि प्रारम्भ भएको हो । दोस्रो चरणको सुधार प्रारम्भ गर्ने काम हामीले गर्यौं, यसमा निरन्तर निजी क्षेत्रको सुझाव, सल्लाह र सहभागितालाई उच्च महत्व दिएको कुरा तीनवटै उद्योग व्यवसायीको छाता संगठनका साथीहरुलाई राम्रोसँग थाहा छ ।’  

‘जबसम्म राज्यसंयन्त्र पारदर्शी, अनुशासित हुँदैन, बजेटरी सिस्टममा नचल्दासम्म राज्य प्रभावकारी हुनसक्दैन । राज्य विभेदकारी भयो भने राज्य वितरणमुखी र पार्टीमुखी मात्र भयो भने देशले अपेक्षा गरेको आर्थिक वृद्धि सम्भव हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ’ डा. महतले भने । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.