आईतवार, असार २१,२०८३ 07:27:27
Bizshala
  • आईतवार, असार २१,२०८३ 07:27:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा गिरावटका साथ वर्षको अन्त्य, जानकार भन्छन्,‘नीतिगत सुधार नभए नयाँ वर्ष पनि बढ्दैन बजार’

Laxmi Sunrise Bank Limited
नेप्सेमा गिरावटका साथ वर्षको अन्त्य, जानकार भन्छन्,‘नीतिगत सुधार नभए नयाँ वर्ष पनि बढ्दैन बजार’

काठमाण्डौ । वर्षको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ३५८.१९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘आज वर्षको अन्तिम कारोबार दिन भएकाले ब्रोकरले उधारो सेटलमेन्ट गर्दा बजारमा दबाब आएको हो । समग्रमा बजार बढ्नुमा भने अर्थमन्त्रालयले मागेको सुझाव गोप्य राख्नु नै मुख्य कारण हो । ’

वार्षिक रुपमा हेर्दा यो वर्ष वाणिज्य बैंक र विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेको उनले बताए । आगामी वर्ष पनि नीतिगत सुधार नभएसम्म बजारबाट खासै अपेक्षा गर्न नसकिने उनको धारणा रहेको छ ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,‘सस्तोमा सेयर खरिद गर्नेका कारण आज बजार घटेको हो । बजारमा नयाँ विषय केहि पनि नभएकाले बजारमा नव प्रवेशी लगानीकर्ताको कमी देखियो । दैनिक रुपमा राजनीतिक अन्यौलता बढ्दा र ढुक्क भएर लगानी गर्ने वातावरण नबन्दा बजार घट्ने पुगेको हो ।’

प्राविधिक रुपमा पनि यो साता कमजोर क्याण्डल बनेको पौडेलले बताए ।    

New Office
CG Motors
Garima Development Bank

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहमात्रै बढे भने अन्य ११ वटा समूहमा भने गिरावट आयो । आज उत्पादन तथा प्रशोधन समूह ०.१३ र व्यापार समूह १.४६ प्रतिशतले बढ्यो ।  

आज वित्त समूहमा सबैभन्दा धेरै गिरावट देखियो । यो समूह आज २.५० प्रतिशतले घट्यो । बैंकिङ समूह ०.०३ प्रतिशतले घटेको आज विकास बैंक १.२५,होटल १.६७,हाईड्रो ०.०४,लगानी ०.४०,जीवन बीमा १.२५,लघुवित्त १.१५,म्युचुअल फण्ड ०.७३,निर्जीवन बीमा १.०४ र अन्य समूह ०.४४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १२ करोड ५४ लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै गोखार्ज फाइनान्सको ११ करोड १२ लाख,नेपाल फाइनान्स ९ करोड ७७ लाख,पोखरा फाइनान्स ९ करोड ७६ लाख र नेपाल पुनर्बीमाको ८ करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन मान्डु हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.६९ प्रतिशतले बढ्यो । यो दिन खानीखोला हाईड्रोको सेयरमूल्य ८.२६ प्रतिशत,गुराँस लघुवित्तको ७.७३ र पिपुल्स पावरको सेयरमूल्य ६.८३ प्रतिशतले बढ्यो ।  

आज सिंगटी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्य ९.९३,मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ५.६८ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.