आईतवार, फाल्गुन ११,२०८१ 03:14:22
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:14:22
IME remit
Global IME Bank Limited

बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, ढुक्क भएर बीमा गरौंः अध्यक्ष सिलवाल

Hyundai Nepal
बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, ढुक्क भएर बीमा गरौंः अध्यक्ष सिलवाल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गरेपछि भुक्तानी पाइने भएकाले ढुक्क भएर बीमा गर्न आह्वान गरेका छन् । बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा सिलवाले यस्तो बताएका हुन् ।  

अध्यक्ष सिलवालले भने, ‘बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नियमन गर्दै आएको छ, दाबी भुक्तानी नपाएमा प्राधिकरणमा उजूरी गर्न सकिन्छ, सबैले ढुक्क भएर बीमा गरौं ।’

सिलवालले उपमहानगरपालिकाले राहत लागि छुट्याएको बजेटबाट न्यून आय भएका विपन्न बर्गको बीमा गर्ने व्यवस्था गर्न र उपमहानगरपालिको भवन तथा सम्पत्तिको बीमा गरेर बीमाको शुरूवात गर्न आग्रह गरे । अध्यक्ष सिलवालले बीमा क्षेत्र हेर्ने गरी सम्पर्क व्यक्ति तोक्न उपमहानगरपालिकालाई आग्रह गर्दै मधेश प्रदेशमा बाढी, आगलागी लगायतको जोखिम बढी हुने भएकाले घर, सम्पत्ति, कृषिबाली तथा पशुपन्छीको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

प्रमुख साहले नागरिकहरूलाई आफ्नो जीवन, घर, सम्पत्ति, कृषिबाली र पशुपन्छीको बीमा गरेर आर्थिक सुरक्षण गर्न आग्रह गर्दै दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मैथिली भाषामा कार्यक्रम सञ्चालन गर्दै बीमाको महत्व, दाबी भुक्तानी प्रक्रिया, बीमा बजारको अवस्था, विद्यमान चुनौती, बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिन आलटाल गर्ने गरेको, कतिपय बीमा कम्पनीले दाबी भुक्तानी दिन एक वर्षसम्म लगाउने गरेको, कम्पनीहरूले पटक पटक नियम परिवर्तन गर्ने गरेको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाह, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, नेपाली बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारी, महिला समूह र अगृवा कृषकहरूलगायत गरी करिव २५० जनाको सहभागिता रहेको थियो ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.