मंगलवार, श्रावण १२,२०८३ 03:42:03
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 03:42:03
Bizshala
Global IME Bank Limited

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भन्यो, ‘अहिले इतिहासकै ठूलो उर्जा संकट’

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भन्यो, ‘अहिले इतिहासकै ठूलो उर्जा संकट’
New Office

काठमाण्डौ । अमेरिका र इ जरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धले विश्वव्यापी उर्जा आपूर्तिमा गम्भीर असर पारेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का प्रमुख फातिह बिरोलले यस अवस्थालाई ‘इतिहासकै सबैभन्दा ठूलो ऊर्जा संकट’ भनेर वर्णन गरेका छन्।

फ्रान्स इन्टर रेडियोलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हालको अवस्था विगतका सबै ऊर्जा संकटहरूभन्दा गम्भीर देखिन्छ।’ युद्धपछि स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल र ग्यास ढुवानी लगभग ठप्प भएको छ। युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति यही समुद्री मार्गमार्फत हुने गरेको थियो।

युद्धका क्रममा खाडी क्षेत्रका विभिन्न देशहरूका ऊर्जा पूर्वाधारहरू पनि आक्रमणको निशानामा परेका छन्। क्षतिग्रस्त संयन्त्रहरूको पूर्ण मर्मतमा केही महिना देखि वर्षौंसम्म लाग्न सक्ने अनुमान गरिएको छ, जसले दीर्घकालीन आपूर्ति संकटको सम्भावना बढाएको छ।

बिरोलले यसअघि पनि सन् १९७३ को अरब–इजरायल युद्ध, १९७९ को ईरानी इस्लामिक क्रान्ति तथा २०२२ को रुस–युक्रेन युद्धपछिका ऊर्जा संकटहरूभन्दा हालको अवस्था अझ गम्भीर भएको बताएका थिए।

तेलको मूल्यमा आएको तीव्र वृद्धिलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वव्यापी रणनीतिक भण्डारबाट अभूतपूर्व रूपमा ४० करोड ब्यारेल तेल बजारमा छोडेको जनाएको छ।

पेरिसमा मुख्यालय रहेको आईइएले ३१ सदस्य राष्ट्रहरू तथा अन्य साझेदार देशहरूलाई ऊर्जा बजारसम्बन्धी तथ्यांक, विश्लेषण र नीतिगत सल्लाह प्रदान गर्दै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.