आईतवार, श्रावण १०,२०८३ 07:26:26
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:26:26
Bizshala
Global IME Bank Limited

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता
New Office

काठमाण्डौ ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेवाग्राही तथा कर्मचारीलाई लक्षित गर्दै स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ।

कम्पनीले ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग मेडिकल सेवासम्बन्धी सम्झौता सम्पन्न गरेको हो। सम्झौताअनुसार बीमा पोलिसी खरिद गर्न चाहने प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल जाँच छिटो, सरल र सहुलियत दरमा उपलब्ध गराइनेछ।  

साथै, कम्पनीमा कार्यरत कर्मचारीहरूले अस्पतालमा उपचार सेवा लिँदा १० प्रतिशत छुट सहित सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

उक्त सम्झौतामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहबीच हस्ताक्षर गरेका हुन्।

यस सम्झौताबाट सरोकारवालाले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.