बुधबार, असार १०,२०८३ 01:34:54
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:34:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वायु गुणस्तर खस्किएसँगै काठमाण्डौ बन्यो विश्वकै दोस्रो प्रदुषित शहर, वर्षा अभाव र डढेलोको संयुक्त प्रभाव

Laxmi Sunrise Bank Limited
वायु गुणस्तर खस्किएसँगै काठमाण्डौ बन्यो विश्वकै दोस्रो प्रदुषित शहर, वर्षा अभाव र डढेलोको संयुक्त प्रभाव

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा केही दिनअघि वर्षापछि सुधारिएको वायु गुणस्तर पुनः तीव्र रूपमा खस्किएको छ। पछिल्लो मापनअनुसार एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४७ पुगेको छ, जसले धेरै अस्वस्थ तह पार गरेको संकेत गर्दछ। यस्तो स्तरले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विज्ञहरूको चेतावनी छ।

यससँगै काठमाण्डौ विश्वकै दोस्रो प्रदुषित शहर बनेको छ । पहिलो स्थानमा भने पाकिस्तानको लोहोर रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

वातावरणविद्हरूका अनुसार वायु प्रदूषणमा आएको यो अचानक वृद्धिको मुख्य कारण मौसमीय र मानवजन्य दुवै पक्ष रहेका छन्। लामो समयदेखि वर्षा नहुँदा वातावरणमा सुक्खा बढेको छ, जसले धुलोका कणहरू हावामै स्थिर रहन सहयोग गरेको छ। यससँगै देशका विभिन्न क्षेत्रमा भइरहेको वन डढेलो र कृषि अवशेष जलाउने गतिविधिले धुवाँको मात्रा थप बढाएको छ।

मौसमविद्हरूले आगामी केही दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको जनाएका छन्, जसले वायु गुणस्तर अझै बिग्रन सक्ने अनुमान गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसबीच स्वास्थ्य क्षेत्रका विज्ञहरूले जोखिम समूहप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीहरूमा यसको असर बढी देखिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

क्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.