बुधबार, आश्विन १४,२०८३ 04:44:59
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 04:44:59
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद् बैठकबाट भयो यी तीन निर्णय, सुकुमबासी बस्ती हटाउने विषयमा भएन छलफल

Bizshala
मन्त्रिपरिषद् बैठकबाट भयो यी तीन निर्णय, सुकुमबासी बस्ती हटाउने विषयमा भएन छलफल
New Office

काठमाण्डौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विकास साझेदारी, प्रशासनिक पुनरावलोकन र डिजिटल शासन सुधारलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एशियाली विकास बैंक(एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरिनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी, २०७५ भदौ १ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत राष्ट्रपतिको कार्यालयका नाममा हस्तान्तरण गर्ने भनिएको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा सम्बन्धी निर्णय पुनरावलोकन गर्दै सरकार पछाडि हटेको छ। अब उक्त जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहनेछ।

यसैगरी सरकारले प्रशासनिक आधुनिकीकरणलाई प्राथमिकता दिँदै सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीको समग्र अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, सरकारका प्रवक्ता सस्मित पोखरेलले अतिक्रमित सुकुमबासी बस्ती हटाउने विषयमा कुनैपनि छलफल नभएको स्पष्ट पारेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.