सोमबार, असार १५,२०८३ 03:20:20
Bizshala
  • सोमबार, असार १५,२०८३ 03:20:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, कुन भागमा छ भारी वर्षाको सम्भावना ?

Laxmi Sunrise Bank Limited
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, कुन भागमा छ भारी वर्षाको सम्भावना ?

काठमाण्डौ । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै, नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यमसम्मको वर्षा भईरहेको छ।

देशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग,हावाहुरी र असिना सहित वर्षा हुने सम्भावना रहेको र बागमती र गण्डकी प्रदेशको पहाडी भु–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा अवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

कस्तो रहला आगामी तिन दिनको मौसमको अवस्था ?

वैशाख २० गते

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भुभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि  सम्भावना रहेको छ।

New Office
CG Motors
Garima Development Bank

रातीः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

वैशाख २१

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली  प्रदेशको पहाडी भुभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि  सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको पनि  सम्भावना रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैशाख २२

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ।

रातीः  कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा , तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.