काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न ११ वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नाम प्रकाशित गरी तुरुन्त कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै वैशाख २३ गतेको निर्णयअनुसार २० सहकारीमध्ये ११ सहकारीका ठूला ऋणीहरुका लागि यस्तो आग्रह गरेको हो । यसअघि समितिले गत २४ गते १० ठूला सहकारीका ९२ जना ठूला ऋणीहरुको नाम प्रकाशित गरेको थियो ।
हाल प्रकाशित सूचीमा ११ वटा समस्याग्रस्त सहकारीका १०९ वटा ठूला ऋणीहरुको नाम प्रकाशित गरी कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनिएको छ । अन्यथा कानूनबमोजिम ऋण असुली गरिने समेत सूचनामा उल्लेख छ ।
साथै ऋण नतिर्ने अन्य ठूला ऋणीहरुको नामावली क्रमिक रुपमा प्रकाशित गरिने कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित नामावलीमा कृषि विकास बहुदेश्यीय सहकारी संस्था लिमिटेडको १०, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको लिमिटेडको १०, लुनिभा बहुदेश्यीय सहकारी संस्था लिमिटेडको ९, हाम्रो कृषि सहकारी संस्था लिमिटेडको १०, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको १०, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०, पशुपति सेभिड एण्ड क्रेडिट लिमिटेडको १०, शिवशिखर बहुदेश्यीय सहकारी संस्था लिमिटेडको १०, स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको १० र लालिगुँरास बहुदेश्यीय सहकारी संस्था लिमिटेडका १० ठूला ऋणीहरुको नाम सार्वजनिक भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।