काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवाद समाधानका लागि सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै कडा राजनीतिक टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा सरकार उदासीन देखिएको आरोप लगाए।
उनका अनुसार, राज्यको मुख्य सुरक्षा निकाय नेपाली सेनालाई गलत ढंगले प्रयोग गर्दा यसको मूल जिम्मेवारी कमजोर बन्न पुगेको छ।
साम्पाङले विशेष गरी सुकुम्वासी बस्तीहरूमा सेनाको परिचालनप्रति आपत्ति जनाउँदै यस्तो अभ्यासले नागरिकमा भय र अविश्वास बढाएको दाबी गरे।
उनले प्रश्न गर्दै भने, “सीमा रक्षाका लागि खटिनुपर्ने सेना आफ्नै गरिब नागरिकमाथि नियन्त्रण र दबाब सिर्जना गर्न प्रयोग हुने हो भने यसको अर्थ के रहन्छ ?”
उनले सरकारले राष्ट्रिय सुरक्षा र जनताको अधिकारबीच सन्तुलन कायम गर्न नसकेको टिप्पणी गरे।
साथै, वर्तमान सरकारको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै मुलुक गम्भीर प्रशासनिक र राजनीतिक संकटतर्फ उन्मुख भएको उनको विश्लेषण छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।