बिहीबार, असार ११,२०८३ 04:43:57
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:43:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सले कमायो रु.४५.४८ करोड नाफा, रु.३६.७० करोड प्रिमियम संकलन

Laxmi Sunrise Bank Limited
नेपाल लाइफ इन्स्योरेन्सले कमायो रु.४५.४८ करोड नाफा, रु.३६.७० करोड प्रिमियम संकलन

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा भने २७.४० प्रतिशत कम हो । कम्पनीले गत आवको सोही अवधिसम्म  ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीले सो अवधिसम्म ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १२.९१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो ।  

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको कुल खर्च र दाबी भुक्तानी बढ्दा नाफा घट्न पुगेको हो । कम्पनीले समिक्षा अवधिसम्म विभिन्न क्षेत्रबाट कुल ५२ अर्ब ३० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा भने ९.५९ प्रतिशत कम हो ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, कम्पनीको यता दाबी भुक्तानी पनि सामान्य बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको दाबी भुक्तानी रकम ११ अर्ब १९ करोड १४ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्म बढेर १२ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।  

यता कम्पनीको कुल खर्च १०.१० प्रतिशतले बढेर ४९ अर्ब २० करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको खर्च ४४ अर्ब ६९ करोड २९ लाख रुपैयाँमा सीमित थियो ।  

कम्पनीको जीवन बीमा कोषको आकार भने १३.७९ प्रतिशतले बढेको छ । सो अवधिसम्म कम्पनीले २ खर्ब ६७ अर्ब १३ करोड ६१ लाख रुपैयाँ बराबरको जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै महाविपत्ती कोषको आकार पनि ३.२१ प्रतिशतले बढेर कोषमा १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । यता कम्पनीको रिटेन्ड अर्निङ ७९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ९.२४ रुपैयाँबाट घटेर ६.४० रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १२६.३३ रुपैयाँ, पीई रेसियो ९२.८४ गुणा र औसत प्रतिफल दर ८.२७ प्रतिशत रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.