मंगलवार, श्रावण १९,२०८३ 02:20:51
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:20:51
Bizshala
Global IME Bank Limited

संसदीय समितिमा प्रधानन्यायाधीश शर्मा सुनुवाइ जारी, शर्मा संसदीय सुनुवाइमा कार्ययोजना प्रस्तुत गर्दै

संसदीय समितिमा प्रधानन्यायाधीश शर्मा सुनुवाइ जारी, शर्मा संसदीय सुनुवाइमा कार्ययोजना प्रस्तुत गर्दै
New Office

काठमाण्डौं । संघीय संसदको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइ प्रक्रिया जारी रहेको छ ।  

समितिमा शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै न्यायपालिकाको सुधार, कार्यशैली र आगामी प्राथमिकताबारे धारणा राखिरहेका छन् ।

सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका १६ वटा उजुरीसमेत समितिमा छलफलका लागि प्रस्तुत गरिएको छ ।  

संघीय संसदको संसदीय सुनुवाइ समितिले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै उजुरी आह्वान गरेको थियो, जसअनुसार विभिन्न पक्षबाट उजुरी दर्ता भएका हुन् ।

संवैधानिक परिषदको गत वैशाख २४ गतेको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. शर्मालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।  

सोही सिफारिसअनुसार उनी संसदीय सुनुवाइ प्रक्रियामा प्रवेश गरेका हुन्, जहाँ अनुमोदनपछि मात्र राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

तर, समितिले आजै सुनुवाइ प्रक्रिया टुंग्याउने तयारी गरेको भन्दै प्रतिपक्षी सांसदहरूले आपत्ति जनाएका छन् ।  

उनीहरूले उजुरीहरूको अध्ययन नै नगरी हतारमा निर्णय गर्ने प्रयास भइरहेको भन्दै सुनुवाइको विश्वसनीयतामाथि प्रश्न उठाएका हुन् । 

विपक्षी सांसदहरूको भनाइमा यति महत्वपूर्ण संवैधानिक पदको सुनुवाइ प्रक्रियामा पर्याप्त समय, अध्ययन र छलफल आवश्यक हुन्छ ।

यसैबीच, २०७६ साल वैशाखमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदा पनि डा. शर्माको संसदीय सुनुवाइका क्रममा प्रश्न उठाइएको थियो ।  

त्यतिबेला केही सांसदहरूले उनले सर्वोच्च अदालतको भूमिकाबारे स्पष्ट व्याख्या गर्न नसकेको भन्दै टिप्पणी गरेका थिए ।

तात्कालीन नेकपा एमालेका सांसद पार्वत गुरुङले उनको प्रस्तुति ‘इनर्जेटिक’ नभएको भन्दै टिप्पणी गरेका थिए ।  

त्यस समयदेखि नै उनको न्यायिक दृष्टिकोण र कार्यशैलीबारे संसदीय बहस हुँदै आएको देखिन्छ ।

हालको सुनुवाइमा भने शर्माले न्यायपालिकाको सुधार, डिजिटलाइजेशन, छिटो न्याय सम्पादन तथा पारदर्शिता अभिवृद्धि गर्ने आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन् ।

समिति सदस्यहरूले उजुरी, कार्ययोजना र पृष्ठभूमिका आधारमा छलफल अघि बढाइरहेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.