आईतवार, श्रावण ३,२०८३ 09:44:08
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 09:44:08
Bizshala
Global IME Bank Limited

पर्यटन प्रवर्द्धन गर्न भारतका कन्टेन्ट क्रियटरलाई नेपाल ल्याइने, दिल्ली दूतावासद्वारा आवेदन माग

पर्यटन प्रवर्द्धन गर्न भारतका कन्टेन्ट क्रियटरलाई नेपाल ल्याइने, दिल्ली दूतावासद्वारा आवेदन माग
New Office

काठमाण्डौ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर, भ्लगर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट सिर्जनाकर्ताहरूलाई नेपाल भ्रमण कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरेको छ।

दूतावासले पाँच जना भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर तथा डिजिटल कन्टेन्ट सिर्जनाकर्तालाई नेपाल भ्रमण गराई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक तथा आध्यात्मिक स्थल, आतिथ्यता र विविध पर्यटन सम्भावनाबारे प्रचार–प्रसार गर्ने उद्देश्य राखेको जनाएको छ।

दूतावासका अनुसार उक्त भ्रमणबाट सिर्जना हुने डिजिटल सामग्रीले भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत नेपाललाई मनोरञ्जन, धार्मिक यात्रा, संस्कृति, साहसिक पर्यटन, स्वास्थ्य तथा पारिवारिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा प्रवर्द्धन गरिनेछ।

कार्यक्रमका मुख्य उद्देश्य

यस भ्रमण कार्यक्रमका प्रमुख उद्देश्यहरूमा नेपाललाई भारतीय पर्यटकका लागि सहज, नजिक र स्वागतयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, हिमाल, ताल, सम्पदा स्थल, मन्दिर, स्तूप, पर्व, नेपाली परिकार तथा स्थानीय संस्कृतिको प्रचार गर्नु तथा नेपालको आध्यात्मिक पर्यटनलाई उजागर गर्नु रहेको छ।

आवेदन दिने योग्यता

आवेदनकर्ताहरू भारतीय नागरिक वा भारतमा आधारित डिजिटल कन्टेन्ट सिर्जनाकर्ता हुनुपर्नेछ। उनीहरूको युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमा सक्रिय उपस्थिति हुनुपर्नेछ। यात्रा, संस्कृति, आध्यात्मिकता, जीवनशैली, साहसिक पर्यटन, स्वास्थ्य, खानपान वा पर्यटनसम्बन्धी सामग्री उत्पादन गर्ने व्यक्तिलाई प्राथमिकता दिइने दूतावासले जनाएको छ।

साथै, गुणस्तरीय भिडियो, रिल, पोस्ट, स्टोरी वा भ्लग बनाउन सक्ने तथा जिम्मेवार पर्यटन र सांस्कृतिक संवेदनशीलता पालन गर्न इच्छुक हुनुपर्ने उल्लेख गरिएको छ।

चयन भएका सहभागीले के गर्नुपर्ने ?

छनोट भएका सहभागीहरूले नेपाल भ्रमणपछि नेपालका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक आकर्षणबारे भिडियो, रिल, स्टोरी, पोडकास्ट वा पोस्ट प्रकाशित गर्नुपर्नेछ। साथै भारतीय पर्यटकलाई उपयोगी हुने यात्रा जानकारी र नेपाल भ्रमण गर्न प्रेरित गर्ने कम्तीमा एउटा अनुभवसमेत साझा गर्नुपर्नेछ।

आवेदन प्रक्रिया

इच्छुक व्यक्तिले आफ्नो पूरा नाम, सम्पर्क विवरण, सामाजिक सञ्जाल लिङ्क, फलोअर संख्या, अघिल्ला पर्यटनसम्बन्धी कामका नमुना, नेपाल भ्रमणमा रुचिको कारण तथा नेपाल प्रवर्द्धनका लागि प्रस्तावित कन्टेन्ट आइडिया सहित आवेदन दिनुपर्नेछ।

आवेदन ३० मे २०२६ भित्र [email protected] मा पठाउनुपर्नेछ भने [email protected] मा सीसी गर्नुपर्नेछ।

दूतावासले कार्यक्रमको आवश्यकता र उपयुक्तताका आधारमा आवेदन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.