मंगलवार, श्रावण १९,२०८३ 01:00:56
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:00:56
Bizshala
Global IME Bank Limited

डा. शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दरपीठविरुद्धको निवेदन सर्वोच्चमा दर्ता

डा. शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दरपीठविरुद्धको निवेदन सर्वोच्चमा दर्ता
New Office

काठमाण्डौं । डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएपछि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दरपीठ विरुद्धको निवेदन दर्ता गरिएको छ।  

संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको विषयविरुद्ध दायर गरिएको रिट दरपीठ भएपछि त्यसविरुद्ध परेको निवेदन बुधबार अदालतमा दर्ता भएको हो।

तात्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको निर्देशनपछि सर्वोच्च प्रशासनले उक्त निवेदन औपचारिक रूपमा दर्ता गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार प्राप्त तीन निवेदनमध्ये अधिवक्ता डा. प्रेमराज सिलवालले दिएको निवेदन दर्ता गरिएको छ।

बाँकी दुई निवेदनका निवेदकसँग सम्पर्क गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।

उनका अनुसार संवैधानिक परिषद्को निर्णयसँग सम्बन्धित अन्य रिटहरू पनि सर्वोच्चमा दर्ता भई प्रारम्भिक अध्ययनको क्रममा रहेका छन्। 

यसअघि कायममुकायम प्रधानन्यायाधीश मल्लले सोमबार नै दरपीठविरुद्धका निवेदन दर्ता गर्न प्रशासनलाई निर्देशन दिएकी थिइन्।  

तर, त्यसबेला मुख्य रजिस्ट्रारसहितका कर्मचारी सम्पर्कमा नआएकाले प्रक्रिया रोकिएको थियो।

सो घटनापछि नेपाल बार एसोसिएसनले अदालत प्रशासनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनसमेत गरेको थियो।

यता, मंगलबार संसदीय सुनुवाइ समितिबाट फास्ट ट्र्याक प्रक्रियामार्फत मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए र उनले सोही दिनदेखि कार्यभार सम्हालेका छन्।  

त्यसपछि अदालत प्रशासनले निवेदन दर्ता प्रक्रिया अघि बढाएको हो।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने हाल २० दिनको बिदामा बसेकी छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.