आईतवार, कार्तिक १,२०८३ 04:59:57
  • आईतवार, कार्तिक १,२०८३ 04:59:57
Global IME Bank Limited

सेबोन विवादमा बोले गुणाकर भट्ट : ‘म नैतिकतामा सम्झौता गर्दिनँ’

भन्छन्-‘राष्ट्र बैंकमा हुँदा परिवारको नाममा एक कित्ता सेयर पनि किनिनँ’

Bizshala
सेबोन विवादमा बोले गुणाकर भट्ट : ‘म नैतिकतामा सम्झौता गर्दिनँ’
New Office

काठमाण्डौ । गुणाकर भट्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति प्रक्रियामा आफ्नो कुनै स्वार्थ वा हस्तक्षेप नरहेको स्पष्ट पारेका छन्। आफूमाथि आफन्तलाई सेबोन अध्यक्ष बनाउन ‘सेटिङ’ गरेको आरोप लागेपछि उनले पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बिजशालासँगको विशेष कुराकानीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्टले सेबोन अध्यक्ष छनौट तथा सिफारिस समितिको संयोजक पद आफूले स्वेच्छाले त्यागेको उल्लेख गर्दै त्यसपछिका कुनै पनि प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गरे।

उनका अनुसार आवेदन प्रक्रिया अगाडि बढेपछि आफ्नै नाताभित्रका व्यक्तिको नाम समेत उम्मेदवारको सूचीमा देखिएपछि सम्भावित ‘स्वार्थको द्वन्द्व’ टार्न आफूले संयोजक पदबाट अलग हुने निर्णय गरेका थिए।

“यस्तै स्वार्थको द्वन्द्व हुन्छ भनेर नै मैले समितिको संयोजक पद छाडेको हुँ,” डा. भट्टले भने, “दोस्रो बैठकपछि आवेदनहरू हेर्दा आफ्नै नाताभित्रको मान्छेको नाम पनि देखियो। त्यसपछि विवाद आउन सक्छ भन्ने स्पष्ट बुझेर मैले पद छाडेको थिएँ। त्यसपछि मैले यस विषयमा कुनै चासो दिएको छैन।”

पछिल्लो समय बजारमा आफूले दाइ–नाता पर्ने गोपालप्रसाद भट्ट लाई सेबोन अध्यक्ष बनाउन योजनाबद्ध रूपमा भूमिका खेलेको आरोप सार्वजनिक भइरहेका छन्। यद्यपि, डा. भट्टले ती आरोपलाई “आधारहीन” र “नियोजित” भएको दाबी गरेका छन्।

उनले अर्थमन्त्री, अर्थसचिव तथा छनौट प्रक्रियासँग जोडिएका अन्य अधिकारीसँग समेत आफूले कुनै नामका पक्षमा कहिल्यै सिफारिस वा दबाब नदिएको जिकिर गरे।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

“तपाईंहरूले अर्थमन्त्री, अर्थसचिव वा सम्बन्धित अन्य व्यक्तिलाई पनि सोध्न सक्नुहुन्छ,” उनले भने, “मैले कसैलाई पनि कुनै नामका विषयमा चासो राखेर सिफारिस गरेको छैन। ममाथि लगाइएका आरोपमा कुनै सत्यता छैन।”

डा. भट्टले आफू लामो समयदेखि सार्वजनिक जीवनमा उच्च नैतिकता र पारदर्शितालाई प्राथमिकता दिँदै आएको दाबी गरे। उनले नेपाल राष्ट्र बैंकमा रहँदासमेत स्वार्थको द्वन्द्व हुन सक्ने कुनै गतिविधिबाट आफू टाढै बसेको उदाहरण प्रस्तुत गरे।

“स्वार्थको द्वन्द्व हुन्छ भनेर नै राष्ट्र बैंकमा हुँदा मेरो छोरी, श्रीमती वा परिवारका कसैको नाममा कुनै बैंकको एक कित्ता सेयरसमेत किनिएको थिएन,” उनले भने, “म नैतिकता र पारदर्शितामा विश्वास गर्ने व्यक्ति हुँ। मेरो लामो सार्वजनिक जीवनमाथि आधारबिना शंका सिर्जना गर्नु न्यायोचित हुँदैन।”

सेयर बजारका लगानीकर्ताप्रति सन्देश दिँदै उनले योग्य र सक्षम व्यक्ति नै धितोपत्र बोर्डको अध्यक्ष बन्नुपर्ने धारणा व्यक्त गरे।

“योग्य र सक्षम व्यक्ति अध्यक्ष भएर आउनुपर्छ,” उनले भने, “त्यो मेरो परिवारभित्रको पनि हुन सक्छ, तपाईंहरूको नातागोताभित्रको पनि हुन सक्छ। तर प्राथमिकता क्षमता र योग्यतालाई दिनुपर्छ।”

यद्यपि, उनले संयोजक पद छाडेपछि राष्ट्रिय योजना आयोगकै अर्का सदस्यलाई समितिको नेतृत्वमा ल्याउने प्रस्ताव गरेको विषयलाई लिएर समेत प्रश्न उठिरहेका छन्। बिजशालाले सोही विषयमा प्रश्न गर्दा उनले आफूले कसैको नाममा प्रभाव पार्ने वा कुनै ‘इन्ट्रेस्ट’ राख्ने काम नगरेको दोहोर्‍याए।

“म यस्ता स्वार्थमा अल्झिने व्यक्ति होइन,” उनले भने, “म सुरुदेखि नै आफन्तवाद वा नातागोताभन्दा क्षमता र योग्यतालाई महत्व दिने मान्छे हुँ। मलाई तपाईंहरूले पनि चिन्नुभएको छ, देशले पनि चिनेको छ।”

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि विवाद र राजनीतिक–प्रशासनिक तानातानको केन्द्रमा रहँदै आएको छ। यस्तो संवेदनशील समयमा डा. भट्टको सार्वजनिक स्पष्टीकरणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.