मंगलवार, श्रावण १९,२०८३ 11:54:46
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 11:54:46
Bizshala
Global IME Bank Limited

टीकापुर तालिम केन्द्रमा शारीरिक अभ्यासका क्रममा एकैपटक सात सशस्त्र प्रहरी जवान बेहोस, सुर्खेत रिफर

टीकापुर तालिम केन्द्रमा शारीरिक अभ्यासका क्रममा एकैपटक सात सशस्त्र प्रहरी जवान बेहोस, सुर्खेत रिफर
New Office

काठमाण्डौं । शशस्त्र प्रहरी बल नेपालअन्तर्गत तालिमरत ७ जना जवान शुक्रबार बिहान एकैपटक बेहोस भएका छन्।  

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा नियमित शारीरिक प्रशिक्षण भइरहेका बेला यो घटना भएको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार तालिमका क्रममा अचानक सात जना प्रशिक्षार्थी जवान बेहोस भएपछि तालिमस्थलमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। तत्काल कारण खुल्न नसकेको उनले बताएका छन्।

घटना लगत्तै प्रशिक्षक तथा तालिम केन्द्रमा रहेका स्वास्थ्यकर्मीहरूले उनीहरूलाई प्राथमिक उपचार उपलब्ध गराएका थिए।

प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएका पाँच जना जवानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको छ।

बेहोस भएका अन्य दुई जना जवानको अवस्था भने अहिले स्थिर र सुधारोन्मुख रहेको बताइएको छ।  

उनीहरूलाई स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ र स्वास्थ्य अवस्था क्रमशः सामान्य हुँदै गएको जनाइएको छ।

सशस्त्र प्रहरीले घटनाको कारण पत्ता लगाउन विस्तृत स्वास्थ्य परीक्षण र आन्तरिक अनुसन्धान अघि बढाएको छ।  

प्रारम्भिक अनुमानअनुसार अत्यधिक गर्मी, लामो समयको शारीरिक अभ्यास, शरीरमा पानीको कमी (डिहाइड्रेसन) वा अन्य स्वास्थ्य कारण हुन सक्ने देखिए पनि आधिकारिक निष्कर्ष निकालिएको छैन।

घटना हुँदा तालिम शिक्षालयमा नियमित अनुशासनात्मक अभ्यास र शारीरिक प्रशिक्षण चलिरहेको थियो।  

एकैपटक धेरै जना बेहोस भएपछि केही समयका लागि तालिम गतिविधि रोकिएको र सुरक्षा तथा स्वास्थ्य सतर्कता बढाइएको छ।

सशस्त्र प्रहरी बलले प्रभावित जवानहरूको उपचारलाई प्राथमिकता दिइएको र उनीहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ।  

साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन थप सावधानी अपनाइने पनि बताइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.