शुक्रबार, जेष्ठ ८,२०८३ 06:20:22
Bizshala
  • शुक्रबार, जेष्ठ ८,२०८३ 06:20:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

९ वर्षसम्म अलपत्र कालीगण्डकी करिडोर, अन्ततः ठेक्का तोडियो

Laxmi Sunrise Bank Limited
९ वर्षसम्म अलपत्र कालीगण्डकी करिडोर, अन्ततः ठेक्का तोडियो
Shivam Cement

काठमाण्डौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको बहुचर्चित कोवाङ–जोमसोम खण्डमा वर्षौँदेखि भइरहेको ढिलासुस्ती अन्ततः ठेक्का रद्दसम्म पुगेको छ ।

सरकारले निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको सम्झौता औपचारिक रूपमा अन्त्य गर्दै अधुरो काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जोमसोमसम्म फैलिएको १७ किलोमिटर सडकखण्ड नौ वर्षसम्म अधुरै रहेपछि बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले कठोर कदम चालेको हो ।

योजना कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले अपेक्षित काम नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) अनुसार ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ ।

योजना प्रमुख तेजस्वी शर्मा का अनुसार उक्त सडक निर्माणको जिम्मा २०७४ जेठ ९ गते करिब ७० करोड रुपैयाँ लागतमा दिइएको थियो ।  

सम्झौताअनुसार दुई वर्षभित्र सडक स्तरोन्नति सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण कम्पनीले सात पटकसम्म म्याद थप्दा पनि काम पूरा गर्न सकेन ।

उनका अनुसार सातौँ पटक थपिएको म्याद २०८२ असोज २५ गते सकिएको थियो ।  

त्यसपछि पनि झण्डै २०० दिन बित्दा निर्माण कम्पनीले कामप्रति जिम्मेवारी नदेखाएपछि अन्ततः ठेक्का तोड्ने निर्णय गरिएको हो ।

आयोजनाका अनुसार हालसम्म करिब ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

बाँकी काम पूरा गर्न अब नयाँ ठेक्का प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ ।

यो सडकखण्ड २०६४ सालमै ट्र्याक खुलेको भएपनि त्यसपछिको स्तरोन्नति कार्य भने अत्यन्त सुस्त गतिमा अघि बढ्यो ।  

सडक चक्ल्याउने, नाली तथा पर्खाल निर्माण गर्ने, ११ मिटर चौडाइमा कालोपत्र तथा आरसिसी ढलान गर्ने योजना बनाइएको थियो । 

तर, निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण आयोजना वर्षौँदेखि अलपत्र बन्यो ।

Garima Development Bank
Shivam Cement
IME remit

पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकलाई ११ खण्डमा विभाजन गरेर स्तरोन्नति भइरहेको छ ।  

तीमध्ये सबैभन्दा समस्याग्रस्त र विवादित खण्डका रूपमा कोवाङ–जोमसोम सडकलाई लिइएको छ ।

हाल पनि टुकुचे क्षेत्रमा करिब ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी ढलानको काम बाँकी छ ।  

त्यस्तै मार्फा राजखोलाको पक्की पुलमाथि करिब एक हजार २०० मिटर सडक कालोपत्र हुन सकेको छैन ।

जोमसोमस्थित पुथाङ विमानस्थलमाथिदेखि नेपाली सेनाको ब्यारेकसम्मको करिब ५०० मिटर सडकखण्डमा ‘स्ट्रक्चर’ निर्माण र कालोपत्रको काम अधुरै रहेको आयोजना कार्यालयले जनाएको छ ।  

अन्य अधिकांश क्षेत्रमा भने कालोपत्र तथा ढलान सम्पन्न भइसकेको छ ।

सडक निर्माणमा भएको चरम ढिलाइले मुस्ताङ आउने पर्यटक, स्थानीय बासिन्दा, यातायात व्यवसायी र पैदलयात्रीलाई लामो समयदेखि सास्ती दिँदै आएको छ ।  

धुलाम्मे, जोखिमपूर्ण र अपूरो सडकका कारण पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको स्थानीय व्यवसायीहरूको गुनासो छ ।

योजना कार्यालयले ठेक्का रद्द गर्नुअघि निर्माण कम्पनीलाई कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले जरिवाना पनि निर्धारण गरेको जनाएको छ ।

स्थानीय सरोकारवालाले अब नयाँ ठेक्का प्रक्रिया पनि पुरानै शैलीमा ढिलो भए कालीगण्डकी करिडोरको रणनीतिक, आर्थिक र पर्यटन महत्व नै कमजोर बन्न सक्ने चेतावनी दिएका छन् ।  

चीन र भारत जोड्ने महत्वपूर्ण व्यापारिक मार्गका रूपमा हेरिएको यो करिडोरमा वर्षौँदेखिको ढिलासुस्तीले सरकारी विकास प्रणालीमाथि पुनः प्रश्न खडा गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.