आईतवार, असार १४,२०८३ 08:42:52
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:42:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युक्रेनले छात्रावासमा ड्रोन आक्रमण गरेको रुसको आरोप, पुटिनद्वारा बदला चेतावनी

Laxmi Sunrise Bank Limited
युक्रेनले छात्रावासमा ड्रोन आक्रमण गरेको रुसको आरोप, पुटिनद्वारा बदला चेतावनी

काठमाण्डौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले पूर्वी युक्रेनको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा अवस्थित एक विद्यार्थी छात्रावासलाई लक्षित गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाउँदै त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

पुटिनका अनुसार लुहान्स्क क्षेत्रको स्टारोबेल्स्क सहरमा रातको समयमा भएको उक्त आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

New Office
CG Motors
Garima Development Bank

साथै, घटनापछि १५ जना अझै बेपत्ता रहेको दाबी गर्दै रुसी पक्षले खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएको छ ।

यता युक्रेनी सेनाले भने उक्त स्थानमा रुसको विशेष ड्रोन इकाई ‘रुबिकोन’ को सैन्य मुख्यालयलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।  

युक्रेनले रुसले उल्लेख गरेको भवन वास्तवमा सैन्य संरचना हो वा होइन भन्ने विषयमा भने कुनै आधिकारिक पुष्टि सार्वजनिक गरेको छैन ।

मस्कोमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पुटिनले उक्त स्थानमा कुनै पनि सैन्य, गुप्तचर वा सुरक्षा निकायसँग सम्बन्धित संरचना नरहेको स्पष्ट दाबी गरे ।  

उनले भने, “त्यहाँ कुनै पनि सैन्य कार्यालय वा सुरक्षा तथा गुप्तचर निकायसँग सम्बन्धित संरचना थिएन।”

उनले थप रूपमा युक्रेनले गरेको आक्रमणलाई लिएर हवाई रक्षा प्रणाली वा इलेक्ट्रोनिक युद्धका कारण भएको भन्ने दाबीलाई अस्वीकार गर्दै त्यसको कुनै प्रमाण नरहेको जिकिर गरे । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, घटनाबारे विस्तृत मूल्याङ्कन गरी सम्भावित प्रतिकारका विकल्पहरू तयार पार्न रुसी सेनालाई निर्देशन दिइएको जानकारी पनि उनले दिए ।

रुसी स्रोतहरूका अनुसार उक्त आक्रमण १६ वटा ड्रोन प्रयोग गरी तीन चरणमा गरिएको थियो, जसलाई योजनाबद्ध र लक्षित हमला भएको रूपमा व्याख्या गरिएको छ ।

यसैबीच, रुसी सरकारी सञ्चारमाध्यमले घटनामा घाइते भएकी १९ वर्षीया विद्यार्थी डायना शोभकुनको तस्बिर तथा भिडियो सार्वजनिक गरेको छ ।

घटनापछि रुस र युक्रेनबीचको तनाव झन् तीव्र बनेको छ भने दुवै पक्षले एक–अर्कामाथि आरोप–प्रत्यारोप जारी राखेका छन् ।

एजेन्सी

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.