मंगलवार, श्रावण १९,२०८३ 10:30:03
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:30:04
Bizshala
Global IME Bank Limited

इन्दू शंकर चिनी मिलले जम्मा गर्यो दुई अर्बभन्दा बढी रकम किसानको खातामा

इन्दू शंकर चिनी मिलले जम्मा गर्यो दुई अर्बभन्दा बढी रकम किसानको खातामा
New Office

काठमाण्डौं । सर्लाहीको इन्दू शंकर चिनी मिलले चालू क्रसिङ सिजन २०८२/८३ मा खरिद गरिएको उखुको सम्पूर्ण बक्यौता रकम किसानलाई भुक्तानी गरेको छ ।  

चिनी उद्योग र किसानबीच भुक्तानी ढिलाइलाई लिएर बारम्बार विवाद हुने गरेको अवस्थामा उद्योगको यो कदमलाई किसानहरूले सकारात्मक रूपमा लिएका छन् ।

 

उद्योगका प्रशासकीय प्रबन्धक ठाकुरप्रसाद नेपालका अनुसार यस सिजनमा उद्योगले ३२ लाख ९३ हजार १२३ क्विन्टल उखु क्रसिङ गरेको थियो ।  

उक्त उखुबापत किसानलाई करिब २ अर्ब २ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको उनले जानकारी दिए ।

“उद्योगले किसानलाई दिनुपर्ने सम्पूर्ण रकम क्लियर गरिसकेको छ,” उनले भने, “यस वर्ष उद्योगतर्फबाट कुनै किसानको भुक्तानी रोकिएको छैन ।”

गत पुस ७ गतेदेखि सञ्चालनमा आएको उद्योगले चैतको तेस्रो सातासम्म क्रसिङ सम्पन्न गरेर मिल बन्द गरिसकेको छ ।  

उद्योगका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा झण्डै दुई लाख क्विन्टल बढी उखु प्रशोधन गरिएको हो ।  

गत वर्ष उद्योगले करिब ३१ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो ।

यसपटक उद्योगले मुख्यतः सर्लाही जिल्लाभित्रकै उखु प्रयोग गरेर उत्पादन सञ्चालन गरेको जनाएको छ ।  

अघिल्ला वर्षहरूमा महोत्तरी र धनुषा लगायत जिल्लाबाट समेत उखु ल्याइने गरिएको भएपनि यस वर्ष स्थानीय उत्पादनले नै उद्योगको माग धानेको उद्योग व्यवस्थापनको भनाइ छ ।

 

यस वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ७० रुपैयाँले बढाएर ६९० रुपैयाँ निर्धारण गरेपछि किसानमा उत्साह थपिएको छ ।  

उद्योगले आफ्नो हिस्सातर्फको प्रतिक्विन्टल ६२० रुपैयाँ भने किसानलाई पूर्ण रूपमा भुक्तानी गरिसकेको जनाएको छ ।

तर, सरकारले उपलब्ध गराउने भनिएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान भने अझै किसानले पाउन सकेका छैनन् ।

किसानहरूले सरकारी अनुदान ढिला हुँदा खेतीपातीको लागत व्यवस्थापनमा दबाब परेको बताएका छन् ।

नेपालमा उखु किसान र चिनी उद्योगबीच बक्यौता विवाद, आन्दोलन र सडक संघर्ष पुरानै समस्या बन्दै आएको छ ।  

कतिपय उद्योगले वर्षौंसम्म रकम नतिर्ने प्रवृत्तिका कारण किसान आन्दोलनमा उत्रिनुपर्ने अवस्था समेत सिर्जना हुने गरेको थियो ।  

यस्तो पृष्ठभूमिमा समयमै भुक्तानी हुनु उद्योग–किसान सम्बन्ध सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

कृषि क्षेत्रका जानकारहरूका अनुसार किसानले समयमै रकम पाए उत्पादनप्रतिको विश्वास बढ्ने, आगामी वर्ष उखु खेती विस्तार हुने तथा कृषि क्षेत्रमा नगद प्रवाह सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.