मंगलवार, आश्विन २०,२०८३ 02:07:40
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 02:07:40
Bizshala
Global IME Bank Limited

गर्मीको असर : कृष्णपुर नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने

Bizshala
गर्मीको असर : कृष्णपुर नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने
New Office

काठमाण्डौं । कृष्णपुर नगरपालिकाले बढ्दो गर्मी र ‘लू’ को असरका कारण नगरभित्रका विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।  

पश्चिम तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि बालबालिकाको स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीय तहले सोमबारदेखि लागू हुने गरी पठनपाठन स्थगित गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नगरपालिकाले जारी गरेको सूचनाअनुसार नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ ।

उक्त बिदा भने सञ्चित बिदाबाट कट्टा गरिने जनाइएको छ ।

पछिल्ला केही दिनयता पश्चिम तराईमा अत्यधिक गर्मी बढ्दै गएको छ ।  

दिउँसोको समयमा तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्न थालेपछि विद्यालय जाने बालबालिकालाई आवतजावत गर्नसमेत कठिन हुन थालेको स्थानीय प्रशासनले जनाएको छ ।

नगर प्रमुख हेमराज ओझाका अनुसार बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै तत्कालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।  

उनका अनुसार अहिलेको गर्मी सामान्य अवस्थाभन्दा धेरै बढी भएकाले विद्यालय सञ्चालन गर्दा विद्यार्थी प्रभावित हुन सक्ने जोखिम देखिएको छ ।

स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, थकान, ज्वरो, टाउको दुख्ने, चक्कर लाग्ने तथा ‘हीट स्ट्रोक’ जस्ता समस्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगी बढी जोखिममा पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

पश्चिम तराईका विभिन्न जिल्लामा अहिले ‘लू’ को प्रभाव बढ्दै गएको छ ।  

दिउँसो बजार, सडक तथा सार्वजनिक स्थलहरू सुनसानजस्तै हुन थालेका छन् ।  

अत्यधिक गर्मीका कारण दैनिक जनजीवनसमेत प्रभावित बनेको छ ।

स्वास्थ्य विज्ञहरूले प्रशस्त पानी पिउन, हल्का र सूती कपडा लगाउन, लामो समय घाममा नबस्न तथा अत्यावश्यक बाहेक दिउँसो बाहिरी गतिविधि नगर्न सुझाव दिएका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.