शुक्रबार, कार्तिक ६,२०८३ 11:59:13
  • शुक्रबार, कार्तिक ६,२०८३ 11:59:13
Global IME Bank Limited

नेपाल लाइफद्वारा एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Bizshala
नेपाल लाइफद्वारा एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण(एएमएल/सीएफटी/सीपीएफ)सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयन सम्बन्धमा प्रस्तुती दिएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत सेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रशिक्षक डा. नेपालले एएमएल/सीएफटी/सीपीएफ सम्बन्धी कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया शंकास्पद कारोबार पहिचान र अन्तर्राष्ट्रिय रूपमा भइरहेको गतिविधिका विषयमा विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा एएमएल/सीएफटी अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण पक्षका रूपमा रहेको बताउदै प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने धारणा व्यक्त गरे।

साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले एएमएल/सीएफटी/सीपीएफसम्बन्धी प्रचलित कानूनहरूको व्यवहारिक कार्यान्वयनको महत्वमा जोड दिँदै नियामकीय आवश्यकताहरूलाई केवल नीतिगत स्तरमा मात्र नभई दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू भइरहेको बताए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले प्रशिक्षणबाट व्यवहारिक ज्ञान प्राप्त गर्दै वित्तीय अपराधहरू न्यूनीकरण, संस्थागत सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन सहयोग पुगेको जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिँदै सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा अनुपालनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.