शनिबार, कार्तिक ७,२०८३ 02:36:24
  • शनिबार, कार्तिक ७,२०८३ 02:36:24
Global IME Bank Limited

‘ई–सेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

Bizshala
‘ई–सेवा ह्‌याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
New Office

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा ‘इसेवा ह्‌याकाथन २०२६’ आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्‌याकाथन आयोजना गर्न लागेको हो।  

विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्रको विस्तार र वित्तीय समावेशीकरण लगायतका क्षेत्रमा काम गर्दै आएको ई–सेवाले आफ्नो नियमित सेवा सञ्चालनका अतिरिक्त नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ ।यसैअन्तर्गत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ह्‌याकाथन आयोजना गर्न लागिएको ई–सेवाले जनाएको छ । 

ह्‌याकाथनमा देशैभरिबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले प्रतिस्पर्धा गर्ने छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ह्‌याकाथनबारे जानकारी दिँदै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्‌काले युवाहरूमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधानहरू निर्माण गर्न र दिगो विकासमा योगदान दिन ह्‌याकाथन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

‘ई–सेवा ह्‌याकाथनले डिजिटल प्रणालीको विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी प्रभावकारी समाधानहरू निर्माण गर्न डेभलपर, डिजाइनर तथा इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याउने छ,’ खड्‌काले भने, ‘यस प्रकारका प्रयासहरूले युवाहरूमा नवप्रवर्तनात्मक सोच तथा सिर्जनशीलता बढाउनका साथै सुरक्षित फिनटेक इकोसिस्टम र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास रहेको छ ।’ 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ह्‌याकाथनका प्रतिस्पर्धीहरूले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन र समाधानका प्रोटोटाइपहरू प्रस्तुत गर्ने छन् ।  जसले वातावरणीय र सामाजिक प्रभावमा योगदान दिने डिजिटल प्रणाली निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। 

ह्‌याकाथन अवधिभर सहभागी टोलीहरूलाई उत्कृष्ट समाधान निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यले फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका लिडरहरूद्वारा प्रत्यक्ष मेन्टरसिप तथा विधागत मार्गदर्शन प्रदान गरिने छ । मेन्टरहरूको सहयोगमा सहभागीहरूले आफ्ना आइडियाहरूलाई थप परिष्कृत बनाउने अवसर पाउने छन् ।   

तीन दिनसम्म चल्ने आवासीय प्रतियोगितामा उत्कृष्ट समाधान र प्रोटोटाइप प्रस्तुत गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु। तीन लाख, द्वितीय स्थान हासिल गर्ने टोलीले नगद रु. दुई लाख र तृतीय स्थान हासिल गर्ने टोलीले नगद रु. एक लाख पुरस्कार प्राप्त गर्ने  ई–सेवाले जनाएको छ  ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.