मंगलवार, श्रावण २६,२०८३ 03:17:22
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 03:17:22
Bizshala
Global IME Bank Limited

डिम्याट र मेरो सेयर नभएर आईपीओ भर्न पाउनु भएको छैन ? प्रभु क्यापिटलमार्फत यसरी सहजै खोल्न सकिन्छ

Prabhu Bank Limited
डिम्याट र मेरो सेयर नभएर आईपीओ भर्न पाउनु भएको छैन ? प्रभु क्यापिटलमार्फत यसरी सहजै खोल्न सकिन्छ
New Office

काठमाण्डौ । पछिल्लो समय डिम्याट खाता खोलेर सेयरबजारमा प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या बढ्दै गइरहेको छ ।

एकपछि एक गर्दै विभिन्न कम्पनीहरुको प्राथमिक सेयर ९आइपीओ०निष्कासन हुन थालेपछि डिम्याट र मेरो सेयरको खाता खोल्नेहरुको संख्या पनि थपिदै गएको छ ।

अझैपनि नेपालको कुल जनसंख्यामध्ये आधा भन्दा बढीले डिम्याट र मेरो सेयरको खाता खोलेका छैनन् । नयाँ कम्पनीको आइपीओ भर्न वा धितोपत्र दोस्रो बजारमा प्रवेश गर्न चाहानेहरुले सर्वप्रथम डिम्याट खाता खोल्न जरुरी हुन्छ ।

नेपाल धितोपत्र बोर्डले एकपछि एक गर्दै विभिन्न कम्पनीको सेयर निष्कासनलाई अनुमति दिन थालेको छ र आइपीओ निष्कासन हुने क्रम पनि जारी छ । तर कतिपयलाई भने आइपीओ भर्ने विषयको ज्ञान समेत छैन ।

सेयरमा लगानी गर्न चाहाने तर त्यसको लागि के–के प्रक्रिया पुरा गर्नुपर्छ भन्ने कुराको जानकारी नभएको हुन सक्छ । अझ आइपीओको विषयमा थाहा भएर पनि सेयरमा कसरी लगानी गर्ने वा आइपीओ कसरी भर्ने विषयको जानकारी नहुनेको संख्या धेरै छ ।

 

प्रभु क्यापिटलको अनलाइनमार्फत डिम्याट खोल्नका लागि केही डकुमेन्ट र विभिन्न प्रक्रिया अपनाउनुपर्ने हुन्छ । प्रभु क्यापिटलले अनलाइनमार्फत दिइने आवेदनलाई अझ सहज बनाउनका लागि तीनवटा स्टेप उल्लेख गरेको छ । जसमा पहिलो चरणमा आफ्नो विवरण भर्ने, दोस्रोमा आवश्यक डकुमेन्टहरु अपलोड गर्ने र तेस्रो चरणमा भिडियो कलमार्फत भेरिफिकेसन गराउने ।

आवेदनका लागि चाहिने कागजात ९डिजिटल कपि हुनुपर्ने०

– दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो

– दस्तखत ९अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो पेनले गरेको हुनुपर्ने०

– औंठा छाप ९ल्याप्चे० अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा दायाँ र बायाँ छुट्याइएको हुनुपर्ने । नागरिकता, लाइसेन्स वा अन्यत्र प्रयोग भएको औंठा छापा प्रयोग गर्न नपाइने ।

– नागरिकताको अगाडी र पछाडीको भाग स्पष्ट देखिने गरी खिचेको फोटो

– सक्कल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनुपर्ने । ९नोटः यस्तो फोटोमा नागरिकता तथा जन्मदर्ताको विवरण पढ्न मिल्ने गरी खिचिएको हुनुपर्नेछ । अन्यथा पढ्न नमिलेको खण्डमा रुजु नहुने भएका कारण आवेदन रद्ध हुनेछ ।०

– नाबालकको हकमा ९१८ वर्ष भन्दा मुनी० जन्मदर्ता अनिवार्य हुनुपर्ने । साथै संरक्षकमा बुवा वा आमा हुनुपर्ने । जन्मदर्ता बाहेक अन्य कागजातहरु जस्तै ः अस्पतालको जन्मदर्ताको प्रमाणपत्र, नावालक परिचयपत्र मान्यहुने छैन ।

– लोकेसन म्याप आफू हाल बसोबास गरिरहेको घरबाट नजिकैको कुनै प्रचलित स्थान हुने गरी स्पष्ट हुनुपर्ने ।

पछिल्लो समय सेयरमा लगानी गर्न नेपालका मर्चेण्ट बैंकहरुले सहजीकरण गर्दै आएका छन् । इच्छुक लगानीकर्ताले अब घरमै बसेर अनलाइन माध्यमबाटै आइपीओ भर्न वा दोस्रो बजारमा प्रवेश गर्नका लागि प्रक्रिया पुरा गर्न सक्नेछन् । यसका लागि प्रभु क्यापिटल लिमिटेडले डिम्याट खाता खोल्न चाहानेहरुका लागि अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

नेपालमा आइपीओमा लगानी गर्न यतिबेला प्रक्रिया धेरै सजिलो भइसकेको छ । विशेषगरी कुनै एक व्यक्तिले आइपीओ भर्नका लागि चारवटा कुरा आवश्यक पर्छ । बैंक खाता, डिम्याट खाता, मेरो सेयर र सि–आस्वा सुविधा ।

कुनै पनि आस्वा सदस्य बैंकमा आफ्नो व्यक्तिगत खाता हुन जरुरी छ । अधिकांश वाणिज्य बैंकहरुले यो सुविधा दिइरहेको छन् । यदि प्रभु क्यापिटलमा डिम्याट खाता खोल्न चाहाने भने भने प्रभु बैंकमा खाता खोल्दा अझै सहज हुनेछ ।

त्यसपछि डिम्याट खाता खोल्न आवश्यक हुन्छ । डिम्याटले तपाइले किनेको सेयर इलेक्ट्रोनिक रुपमा राख्छ, त्यसकारण आवश्यक छ । यदि तपाई प्रभु क्यापिटलमार्फत डिम्याट खोल्न चाहानुहुन्छ भने तपाईले प्रत्यक्ष कम्पनीमै गएर भौतिक फर्म भरेर खाता खोल्न सक्नुहुन्छ भने दोस्रो अनलाइनमार्फत पनि यसको लागि सहजै आवेदन दिन सकिनेछ ।

डिम्याट खाता खोल्ने प्रक्रियाः

सर्वप्रथम प्रभु क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमा जाने त्यसपछि दाया कर्नरमा रहेको माथिल्लो भागमा ‘ओपन डिम्याट अकाउन्ट’ भन्ने बारमा गई क्लिक गर्ने ।

उक्त रातो बार क्लिक गरेपछि तपाईले चारवटा अपसन देख्न सक्नुहुन्छ । जसमा साधारण डिम्याट खाता, ९९९ आजीवन डिम्याट खाता, रेमिट्यान्स डिम्याट खाता र अपाङ्गता भएका व्यक्तिहरुका लागि ल्याइएको डिम्याट योजना रहनेछन् ।

तपाई कुनचाँही डिम्याट खोल्न चाहानुहुन्छ त्यहि अप्सनमा गई आवेदन दिन सकिनेछ । साधारण डिम्याट खाता खोल्न चाहानेहरुले भने २०० रुपैयाँ शुल्क तिरेर आवेदन दिन सक्नेछन्, जसमा मेरो सेयर समेत समावेश रहेको हुन्छ ।

साधारण डिम्याटको लागि अप्लाई गर्दा सुरुमा इमेल र पासवर्ड राख्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो पूर्ण विवरण फर्म खुल्नेछ र क्रमशः गर्दै भर्नुपर्ने हुन्छ । पहिलो चरणमा आफ्नो विवरण गर्दै क्रमशः ठेगाना, परिवार विवरण, अकुपेशन, बैंक खाता, हकवाला वा इच्छ्याइएको व्यक्ति, डकुमेन्ट अपलोड, टम्स एण्ड कन्डिसन र रिभ्यु हुँदै प्रक्रिया पुरा हुन्छ ।

सबै प्रक्रिया पुरा भइसकेपछि प्रभु क्यापिटल लिमिटेडले तपाइले राख्नु भएको इमेल ठेगानामा डिम्याट नम्बर र मेरो सेयरको आइडी र पासवर्ड पठाउनेछ । त्यसपछि तपाईले आफ्नो खाता रहेको बैंकमै गई सीआरएन नम्बर लिन सक्नुहुनेछ । यति प्रक्रिया पुरा गरिसकेपछि तपाईले सहजै कुनै पनि कम्पनीको आइपीओ भर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X