बुधबार, जेष्ठ १३,२०८३ 08:23:48
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 08:23:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एक दशकमा ८३.८५ लाख पर्यटक नेपाल आए, औसत बसाई लम्बियो

Laxmi Sunrise Bank Limited
एक दशकमा ८३.८५ लाख पर्यटक नेपाल आए, औसत बसाई लम्बियो
Shivam Cement

काठमाण्डौ। नेपालमा पर्यटन क्षेत्रले पुनः सकारात्मक गति लिन थालेको छ। पर्यटक आगमनमा निरन्तर वृद्धि हुनुका साथै पर्यटकको औसत बसाइ अवधिमा समेत उल्लेख्य सुधार देखिएको छ। यससँगै पर्यटन क्षेत्रबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानी पनि बढ्दै गएको आर्थिक सर्वेक्षण २०८२÷८३ ले जनाएको छ।

सर्वेक्षणअनुसार पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण त्यस क्षेत्रमार्फत नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आउन सक्ने जोखिम बढेको छ। यसले आगामी दिनमा पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानीमा समेत असर पार्न सक्ने संकेत गरिएको छ।

विनाशकारी भूकम्प र विश्वव्यापी कोभिड–१९ महामारीका चुनौतीबीच पनि सन् २०१६ देखि २०२५ सम्मको दशकमा ८३ लाख ८५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। सरकारले पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्दै नयाँ पर्यटकीय गन्तव्यको विकास र पर्यटन क्षेत्रको विविधीकरणमार्फत नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

सन् २०२५ मा नेपाल आउने पर्यटकको सङ्ख्या १.३ प्रतिशतले वृद्धि भई ११ लाख ६२ हजार ३ सय ६५ पुगेको छ। सन् २०२४ मा यो सङ्ख्या ११ लाख ४७ हजार ५ सय ४८ रहेको थियो। अघिल्लो वर्ष सन् २०२४ मा पर्यटक आगमन १३.१ प्रतिशतले बढेको थियो।

पर्यटक आगमनसँगै भ्रमण आयमा पनि वृद्धि भएको छ। सन् २०२५ मा पर्यटन क्षेत्रबाट प्राप्त भ्रमण आय ४.८ प्रतिशतले बढेर रु. ८७ अर्ब ३७ करोड १६ लाख पुगेको छ। सन् २०२४ मा यस्तो आय रु. ८३ अर्ब ३९ करोड ४० लाख रहेको थियो।

Bizshala
New Office
CG Motors

यस अवधिमा पर्यटकको औसत बसाइ अवधि पनि उल्लेख्य रूपमा बढेको छ। सन् २०२४ मा प्रति पर्यटक औसत बसाइ अवधि १३.३० दिन रहेकोमा सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ। यद्यपि, प्रति पर्यटक दैनिक औसत खर्च भने घटेको देखिएको छ। सन् २०२४ मा प्रतिदिन औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा ३३.०८ अमेरिकी डलरमा झरेको छ।

अध्यागमन विभागले सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणालीमार्फत पर्यटक आगमन र प्रस्थान मिति स्वचालित रूपमा अभिलेखीकरण गर्न थालेपछि औसत खर्च गणनामा यथार्थपरक तथ्याङ्क समावेश भएकाले खर्च घटेको देखिएको सर्वेक्षणमा उल्लेख छ।

नेपाल भ्रमण गर्ने पर्यटकमध्ये अधिकांश मनोरञ्जन र बिदा मनाउने उद्देश्यले आउने गरेका छन्। सन् २०२५ मा कुल पर्यटकमध्ये ६०.२ प्रतिशत बिदा तथा मनोरञ्जनका लागि आएका थिए। त्यस्तै, १४.४ प्रतिशत तीर्थयात्रा, १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहण र ११.२ प्रतिशत व्यापार, अध्ययन तथा अन्य प्रयोजनका लागि नेपाल आएका थिए।

Garima Development Bank
Shivam Cement
Bizshala

देशगत रूपमा हेर्दा सन् २०२५ मा भारतबाट सबैभन्दा धेरै करिब २ लाख ९३ हजार पर्यटक नेपाल आएका छन्। त्यसपछि अमेरिकाबाट १ लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बङ्गलादेशबाट ५८ हजार, अष्ट्रेलियाबाट ५० हजार, श्रीलङ्काबाट ३८ हजार, थाइल्याण्डबाट ३० हजार, जर्मनीबाट ३० हजार तथा जापानबाट २५ हजार पर्यटक नेपाल आएका छन्। अन्य मुलुकबाट ३ लाख ७१ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए।

पर्वतारोहण गतिविधिमा समेत विस्तार भएको देखिएको छ। सन् २०२५ मा हिमाल आरोहण गर्ने दलको सङ्ख्या ९.१ प्रतिशतले वृद्धि भई २ हजार ५ सय ९० पुगेको छ। त्यस्तै, पर्वतारोहीको सङ्ख्या पनि ६.८ प्रतिशतले बढेर ९ हजार ८ सय २० पुगेको छ। अघिल्लो वर्ष सन् २०२४ मा पर्वतारोहीको सङ्ख्या ९ हजार १ सय ९१ रहेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.