बुधबार, असार १०,२०८३ 01:12:53
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:12:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा जाने

Laxmi Sunrise Bank Limited
परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा जाने

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी शनिबार नयाँदिल्लीको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुने यो तीनदिने भ्रमण खनालको परराष्ट्रमन्त्रीका रूपमा पहिलो औपचारिक विदेश यात्रा हुनेछ।

भ्रमणलाई दुवै देशबीच हाल देखिएका कूटनीतिक चासो र विकास–सहकार्यका एजेन्डालाई पुनः परिभाषित गर्ने अवसरका रूपमा हेरिएको छ। उच्चस्तरीय भेटवार्तामार्फत राजनीतिक विश्वास अभिवृद्धि, सीमापार पूर्वाधार परियोजनाको प्रगति, तथा व्यापार–पारवहनसँग सम्बन्धित मुद्दामा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

दिल्लीमा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग विस्तृत द्विपक्षीय वार्ता गर्नेछन्। त्यसैगरी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसहित अन्य उच्च अधिकारीसँग पनि भेटवार्ता तय भएको छ। नेपाल पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत शिष्टाचार भेटका लागि पहल गरिरहेको जनाइएको छ।

भ्रमणको मुख्य एजेन्डामा ऊर्जा तथा पूर्वाधार सहकार्य, कनेक्टिभिटी परियोजना, र सीमा व्यवस्थापनका संवेदनशील विषयहरू रहेका छन्। विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलमार्ग, जनकपुर–अयोध्या रेल लिंक, तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहकार्य विस्तारबारे छलफल हुने बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी व्यापार असन्तुलन, पेट्रोलियम आपूर्ति व्यवस्था, नेपाली उत्पादनको भारततर्फ निर्यात सहजता, र डिजिटल भुक्तानी प्रणाली विस्तारजस्ता आर्थिक विषयहरू पनि एजेन्डामा समावेश छन्।

हाल सत्ताधारी पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका छन् । उनले हिजो मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.