काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट पहिलेभन्दा भन्दा फरक हुने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाने क्रममा आइतबार धनगढी विमानस्थलमा बोल्दै प्रधानमन्त्रीले दाहालले यस्तो बताएका हुन् ।
‘वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम र बजेट बनाउदैछौं । यसका लागि ड्राफ्ट तयार भइसकेको छ ।’ प्रधानमन्त्री दाहालले भने ।
यस्तै उक्त अवसरमा उनले एमाले–माओवादीसहितको अहिलेको समीकरण पूरै अवधि टिक्ने दाबी गरे ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।