Bizshala
  • सोमबार, जेष्ठ २५,२०८३ 11:51:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हालै भारत भ्रमण सकेर फर्केका परराष्ट्रमन्त्री अब चीन जाँदै

Laxmi Sunrise Bank Limited
हालै भारत भ्रमण सकेर फर्केका परराष्ट्रमन्त्री अब चीन जाँदै
Shivam Cement

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी साता चीनको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन्। हालै मात्र भारतको उच्चस्तरीय भ्रमण सम्पन्न गरेर फर्किएका मन्त्री खनालले चीन यात्रा गर्न लागेका हुन् ।

मन्त्री खनाल जुन १४ तारिख अर्थात जेठ ३१ गते चीन प्रस्थान गर्ने र १५ तथा १६ तारिखका दिन बेइजिङमा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने सम्भावना छ।

Bizshala
New Office
CG Motors

भ्रमणमा द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, पूर्वाधार सहयोग तथा क्षेत्रीय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, नेपाली डायस्पोरासँगको अन्तरक्रिया पनि कार्यक्रमको हिस्सा रहने बताइएको छ। मन्त्री खनाल १७ तारिखमा नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

यद्यपि परराष्ट्र मन्त्रालयले भने भ्रमणको मिति र औपचारिक एजेन्डा हालसम्म सार्वजनिक गरेको छैन। 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.