आईतवार, श्रावण ३,२०८३ 04:11:52
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 04:11:52
Bizshala
Global IME Bank Limited

अप्पर स्याँङ्गे हाईड्रोपावरकी स्वतन्त्र सञ्चालक ज्ञवालीको कार्याकाल समाप्त

अप्पर स्याँङ्गे हाईड्रोपावरकी स्वतन्त्र सञ्चालक ज्ञवालीको कार्याकाल समाप्त
New Office

काठमाण्डौ । अप्पर स्याँङ्गे हाईड्रोपावर लिमिटेडकी स्वतन्त्र सञ्चालक दिपिका ज्ञवालीको कार्यकाल समाप्त भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै ज्ञवालीको कार्यकाल समाप्त भएकाले कम्पनीको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको जानकारी दिएको छ ।

जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दिपिका ज्ञवालीलाई उक्त पदमा अर्को कार्यकालका लागि निरन्तरता दिने प्रस्ताव गरेकोमा ज्ञवालीले सो पदमा निरन्तर रहन इच्छुक नरहेको बताएकी थिइन् ।

कम्पनीले अब स्वतन्त्र सञ्चालक पदका लागि प्राप्त आवेदनहरुको अध्ययन तथा विश्लेषण गरी योग्य तथा सक्षम व्यक्तिलाई उक्त पदमा नियुक्त गरिने कम्पनीले जनाएको छ । उक्त छनौट प्रक्रिया पुरा नहुँदासम्मका लागि कम्पनीको स्वतन्त्र सञ्चालक पद रिक्त रहने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.