अप्पर स्याँङ्गे हाईड्रोपावरद्वारा हकप्रद निष्काशनका लागि एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त
काठमाण्डौ । अप्पर स्याँङ्गे हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव नवौं वार्षिक साधारण सभाबाट स्वीकृत भएको थियो।

