मंगलवार, असार १७,२०८२ 07:37:36
  • मंगलवार, असार १७,२०८२ 07:37:36
Global IME Bank Limited

अप्पर स्याङ्गे हाईड्रोको साधारण सभा असोजमा, सेयरधनीलाई छैन लाभांश

Hyundai Nepal
अप्पर स्याङ्गे हाईड्रोको साधारण सभा असोजमा, सेयरधनीलाई छैन लाभांश
Nabil Bank Limited

काठमाण्डौ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आगामी असोजमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आठौं साधारण सभा असोज १८ गते काठमाण्डौको चप्पल कारखानामा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांशको निर्णय नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सम्बन्धी छलफल गरी स्वीकृत गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको परिश्रमिक निर्धारण गर्ने र आव २०८०/८१ मा विभिन्न संस्था तथा व्यक्तिहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गरिनेछ ।  

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.