काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि असार २१ गते समाप्त हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल सेयरमध्ये लक इनमा रहेका १५ लाख ६३ हजार कित्ता सेयरको अवधि तोकिएको मितिमा समाप्त हुन लागेको हो ।
जसमा १३ लाख ३० हजार कित्ता संस्थापक सेयर, २ लाख २० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको र १३ हजार कित्ता कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको सेयर रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।