बुधबार, आश्विन २८,२०८३ 09:27:14
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:27:14
Bizshala
Global IME Bank Limited

हकप्रदबाट प्राप्त रकम बैंक कर्जा तथा सेयरधनीहरूको एडभान्स चुक्ता गर्न प्रयोग गर्ने अप्पर स्याङ्गे हाइड्रोको निर्णय

Bizshala
हकप्रदबाट प्राप्त रकम बैंक कर्जा तथा सेयरधनीहरूको एडभान्स चुक्ता गर्न प्रयोग गर्ने अप्पर स्याङ्गे हाइड्रोको निर्णय
New Office

काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासनमार्फत संकलन हुने रकमको उपयोग सम्बन्धमा पनि महत्वपूर्ण निर्णय गरेको छ। यसअघि २०८२ असोज ९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले हकप्रद सेयरबाट प्राप्त रकम ऋण भुक्तानी, सेयरधनीहरूको एडभान्स चुक्ता वा सहायक कम्पनीमा लगानी गर्ने तीन विकल्प खुला गरेको थियो।

तर जेठ २५ गते बसेको ७३ औं सञ्चालक समितिको बैठकले उक्त विकल्पमध्ये हकप्रद सेयरबाट संकलित रकम मुख्य रूपमा बैंक कर्जा चुक्ता तथा सेयरधनीहरूको एडभान्स चुक्ता गर्न प्रयोग गर्ने निर्णय गरेको छ। सो निर्णय आगामी वार्षिक साधारण सभाबाट अनुमोदनका लागि पेश गरिनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

साथै, हकप्रद शेयर निष्कासनबाट संकलित रकम नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग रहेको ऋण भुक्तानीका लागि प्रयोग गर्ने उद्देश्यले बैंकलाई आशय पत्र समेत पठाउने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले बैंकिङ कर्जासम्बन्धी संरचनामा परिवर्तन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडसँग नयाँ ऋण स्वीकृति तथा स्वाप प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बैठकले हाल प्राइम कमर्सियल बैंकबाट उपभोग गरिरहेको कर्जालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा स्वाप गर्ने निर्णय गरेको हो। सोहीअनुसार बैंकबाट प्राप्त ऋण स्वीकृति पत्रका सम्पूर्ण शर्त तथा सर्तहरू स्वीकार गर्दै उक्त सम्झौतामा कम्पनीका तर्फबाट हस्ताक्षर गर्न प्रबन्ध सञ्चालक वीर बहादुर घलेलाई अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.