आईतवार, श्रावण ३,२०८३ 08:28:52
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 08:28:52
Bizshala
Global IME Bank Limited

ब्रेकिङः चुरोटपछि खैनी–गुट्खा तस्करीको नयाँ खेप उड्दै ? त्रिभुवन विमानस्थलबाट जापान पठाउने तयारीबारे गोप्य सूचना

ब्रेकिङः चुरोटपछि खैनी–गुट्खा तस्करीको नयाँ खेप उड्दै ? त्रिभुवन विमानस्थलबाट जापान पठाउने तयारीबारे गोप्य सूचना
New Office

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विदेशी चुरोट तस्करी भइरहेको खुलासाकै बीच सुर्तीजन्य पदार्थको अर्को ठूलो खेप विदेश पठाउने तयारी भइरहेको गोप्य सूचना प्राप्त भएको छ।

बिजशालालाई प्राप्त सूचनाअनुसार बुधबार जापानका लागि उड्ने कार्गोमार्फत ठूलो मात्रामा खैनी र गुट्खा पठाउने तयारी गरिएको छ। स्रोतका अनुसार उक्त कार्गोमा १८ बोरा ‘जिट खैनी’ र ३८ बोरा ‘भोला गुट्खा’ लोड गरिएको छ।

प्राप्त विवरणअनुसार एयरवे बिल नम्बर 160-10074595 अन्तर्गत उक्त सामान जापान पठाउन प्रक्रिया अघि बढाइएको छ। काठमाडौँस्थित एन.के.एन. होल्डिङ्स प्रालि सप्लायर तथा जापानस्थित पूर्णा ट्रेडिङ प्रालि कन्साइनी रहेको कागजातमा उल्लेख छ।

सबैभन्दा गम्भीर पक्ष भने उक्त कार्गोसँग आवश्यक अन्तःशुल्क (Excise) सम्बन्धी कागजात नरहेको दाबी स्रोतले गरेको छ। स्रोतका अनुसार ‘नो एक्साइज लेटर’ अवस्थामै सामान अन्तर्राष्ट्रिय ढुवानी प्रक्रियामा अघि बढाइएको छ।

यसअघि त्रिभुवन विमानस्थलमार्फत विदेशी चुरोट नेपाल भित्र्याएर पुनः तेस्रो मुलुकमा पठाउने संगठित नेटवर्क सक्रिय रहेको खुलासा भएको थियो। अहिले प्राप्त सूचनाले सोही नेटवर्क सुर्तीजन्य अन्य वस्तुको कारोबारमा समेत संलग्न रहेको आशंका थप बलियो बनाएको छ।

बिजशालालाई सूचना दिने स्रोतले दाबी गर्दै भनेको छ, “अघिल्लो पटक चुरोट पठाउने समूहकै लाइनबाट अहिले खैनी र गुट्खा विदेश पठाउने तयारी भइरहेको देखिन्छ। सम्बन्धित निकायले तत्काल हस्तक्षेप नगरे केही घण्टाभित्रै यो सामान नेपालबाट बाहिरिन सक्छ।”

सूचनाअनुसार उक्त सामान जापानतर्फ उडान भर्ने तयारीमा रहेको कार्गोमार्फत पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यद्यपि यस विषयमा भन्सार कार्यालय, विमानस्थल प्रशासन वा अन्य सरकारी निकायबाट आधिकारिक पुष्टि भने भइसकेको छैन।

यदि प्राप्त सूचना सत्य सावित भएमा, चुरोट तस्करीपछि विमानस्थलभित्र सुर्तीजन्य पदार्थको अर्को अन्तर्राष्ट्रिय नेटवर्क सक्रिय रहेको गम्भीर प्रश्न उठ्नेछ। साथै विमानस्थलको कार्गो प्रणाली, भन्सार निगरानी र राजस्व नियन्त्रणमाथि समेत ठूलो प्रश्न खडा हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.