काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउने र तथा दुवै कम्पनीबीच प्रारम्भिक समझदारीपत्रमा असार ३ गते हस्ताक्षर गर्ने निर्णय समेत गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।