मंगलवार, आश्विन २७,२०८३ 05:13:45
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 05:13:45
Bizshala
Global IME Bank Limited

कोशीदेखि सुदूरपश्चिमसम्म मौसम परिवर्तनशील, चट्याङसहित वर्षाको सम्भावना

Bizshala
कोशीदेखि सुदूरपश्चिमसम्म मौसम परिवर्तनशील, चट्याङसहित वर्षाको सम्भावना
New Office

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु प्रणाली तथा पूर्वीय वायुको आंशिक प्रभाव सक्रिय रहेको जनाएको छ।

यी मौसमी प्रणालीहरूको संयुक्त प्रभावका कारण देशका विभिन्न भू-भागमा मौसममा विविधता देखिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदलीको अवस्था रहेको छ।

तर, तराई क्षेत्रका धेरै स्थानमा भने मौसम मुख्यतया सफा र स्थिर रहेको छ।

दिउँसोको मौसम पूर्वानुमान

आज दिउँसो देशभरका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ।

कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिन सक्छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम प्रायः सफा रहने सम्भावना छ।

मौसम प्रणालीको प्रभावका कारण कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली/पहाडी भू-भागका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कोशी र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा समेत चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरू तथा बागमती र गण्डकीका तराई क्षेत्रका थोरै स्थानमा तातो दिन (हट डे) अनुभव हुने सम्भावना पनि रहेको छ, जसले गर्मीको असर बढाउन सक्छ।

रातिको मौसम पूर्वानुमान

आज राति कोशी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान छ।

तराई क्षेत्रका अधिकांश स्थानमा भने मौसम प्रायः सफा रहने सम्भावना छ।

रातिको समयमा पनि कोशी प्रदेशका हिमाली–पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा वर्षाको सम्भावना छ।

कोशी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान महाशाखाले गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X