सोमबार, श्रावण ४,२०८३ 08:54:53
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 08:54:53
Bizshala
Global IME Bank Limited

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्सको सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्सको सुविधा
New Office

काठमाण्डौ । एमएडब्लु अर्थमुभर्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबीका ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट श्री विनय खनाल ले हस्ताक्षर गर्नुभएको थियो।

यस रणनीतिक सहकार्यअन्तर्गत जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंक लिमिटेडका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। यस व्यवस्थाअनुसार ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो तथा ग्राहकमैत्री बनाउने उद्देश्यले आवश्यक सम्पूर्ण कागजातहरू पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको छ। यसले ग्राहकहरूलाई समयमै उपकरण प्राप्त गर्न तथा व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस समझदारीले एमएडब्लु अर्थमुभर्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।

वित्तीय प्रक्रियामा हुने झन्झट तथा समयको बचत गर्दै ग्राहकहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउन यो सहकार्य महत्वपूर्ण साबित हुने विश्वास गरिएको छ।

एमएडब्लु अर्थमुभर्स प्रालि र एभरेष्ट बैंक लिमिटेड दुवैले ग्राहकको सुविधा, सन्तुष्टि तथा व्यवसायिक वृद्धिलाई केन्द्रमा राख्दै आगामी दिनमा समेत नवीन तथा ग्राहकमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो सहकार्यले नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा थप सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.