शनिबार, असार १४,२०८२ 09:07:09
  • शनिबार, असार १४,२०८२ 09:07:09
Global IME Bank Limited

प्राधिकरणद्वारा कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन

Hyundai Nepal
प्राधिकरणद्वारा कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरूले कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमालेख बिक्री नगर्ने जनाएपछि प्राधिकरणले यस्दो निर्देशन दिएको हो ।  

प्राधिकरणले नेपाल बिमक संघबाट ०८१ बैशाख १२ गते जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार आग्रह गरिएको छ ।’ प्राधिकरणद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आगामी दिनमा यस प्रकारका बीमा बजारमा भ्रम सिर्जना हुने तथा बीमाको विश्वसनीयतामा नै असर पर्ने खालका विज्ञप्ति एंव सूचना सम्प्रेषण नगर्न समेत प्राधिकरणले निर्देशन दिएको छ । 

बीमक संघले बुधबार कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमालेख बिक्री नगर्ने पुनः विज्ञप्ति जारी गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.