बुधबार, श्रावण ६,२०८३ 02:54:59
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:54:59
Bizshala
Global IME Bank Limited

आज र भोलि भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

आज र भोलि भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
New Office

काठमाण्डौ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार देशका अधिकांश भू–भागमा मेघगर्जनसहित भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग का पूर्वानुमानका आधारमा कर्णाली प्रदेशबाहेक अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी तथा खोलाको जलस्तर वृद्धि, कटान र डुबानको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

खोला तथा नदी आसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र तथा डुबान सम्भावित स्थानका नागरिकलाई अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन र आवश्यक परे सुरक्षित आश्रयस्थलमा जान आग्रह गरिएको छ।

त्यसैगरी, तिनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ।

प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न तथा विपत् सहायता आवश्यक परे ११४९, नेपाल प्रहरी को १०० र सशस्त्र प्रहरी बल, नेपाल को १११४ हटलाइन नम्बर प्रयोग गर्न आग्रह गरेको छ।

नागरिकलाई जल तथा मौसम विज्ञान विभाग तथा प्राधिकरणद्वारा जारी गरिने अद्यावधिक मौसम पूर्वानुमान र चेतावनी नियमित रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ। मौसम सक्रिय भएसँगै बाढी, पहिरो र डुबानका घटना बढ्न सक्ने भएकाले समयमै सतर्कता अपनाउनु नै क्षति न्यूनीकरणको प्रभावकारी उपाय हुने विज्ञहरूले बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.