बुधबार, श्रावण ६,२०८३ 08:23:43
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:23:43
Bizshala
Global IME Bank Limited

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको छैनः परराष्ट्रमन्त्री

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको छैनः परराष्ट्रमन्त्री
New Office

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङ क्षेत्रमा खानी उत्खननसम्बन्धी कुनै पनि पक्षसँग नेपाल सरकारले कुनै प्रकारको सहमति वा सम्झौता नगरेको जानकारी दिए। 

उनले यस्ता दाबीहरू पूर्णतः आधारहीन रहेको उल्लेख गर्दै सम्बन्धित सरकारी निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको बताए।

मन्त्री खनालले नेपालको असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलका सिद्धान्तविपरीत जाने कुनै पनि सम्झौता नगर्ने सरकारको प्रतिबद्धता पुनः दोहोर्याए।

उनका अनुसार मुस्ताङ क्षेत्रमा खानीको सम्भावना सम्बन्धी प्रारम्भिक अध्ययनबाट सकारात्मक संकेत प्राप्त भए पनि युरेनियमको व्यावसायिक उत्खननका सम्बन्धमा निष्कर्षमा पुग्न थप विस्तृत अध्ययन र वैज्ञानिक अन्वेषण आवश्यक छ।

यस सम्बन्धमा आवश्यक अध्ययन, अनुसन्धान तथा प्रक्रिया खानी तथा भूगर्भ विभागले प्रचलित कानुनी व्यवस्था अनुसार अघि बढाउने जानकारी पनि उनले दिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.