शुक्रबार, असार १९,२०८३ 03:18:54
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:18:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा शिक्षालाई प्रोतसाहन, १ हजार बढी विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकद्वारा शिक्षालाई प्रोतसाहन, १ हजार बढी विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित

काठमाण्डौ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवद्र्धन गर्न र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयहरुका विद्यार्थीहरुलाई पोसाक, स्कूल झोलाहरु, स्टेशनरी सामाग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामाग्री/उपकरण तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

सरकारी विद्यालयहरुलाई प्राथमिकतामा राख्दै बैंकले मोरङको विराटनगरमा ७८ विद्यार्थीहरुलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासकमा १२८ जनालाई स्टेशनरी सामाग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरी सामाग्री, डडेलध्राको खिन्नेभाडीमा १५० विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री, रुपन्देहीको बुटवलमा २१ वटा स्कूल ब्याग,उदयपूरको बागचौरीमा ५० जनालाई स्कूल ब्याग, झापाको कचनकवलमा २०० लाई स्कूल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कूल ब्याग, सर्लाहीको राजघाटमा २००  विद्यार्थीहरुलाई स्कूल ब्याग र कञ्चनपूरको तिलकपुरमा ११० बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरी सामाग्री प्रत्यक्ष रुपमा वितरण गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

यसै क्रममा बैंकले सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगोबाट प्रभावित (द्यगचल क्गचखष्खयच) तथा कमजोर आर्थिक अवस्थाका ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत सहयोग गरेको छ ।

साथै बैंकले वीरेन्द«नगर —८ , सुर्खेत स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरामा १ थान डिजिटल स्मार्ट बोर्ड, देवदह–१०, चरङ्गे, रुपन्देहीमा ४ थान सिलिङ पंखा र  बर्दिवास–३ महोत्तरी स्थित राष्ट्रिय आधरभूत विद्यालय एवमं बुटवल–७, रुपन्देही स्थित सिद्धेश्वरलाल कुमारी माध्यमिक विद्यालयलाई खेलकुद सामाग्रीहरु हस्तानतरण गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस सहयोगले आर्थिक रूपमा कमजोर तथा आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउन महत्वपूर्ण योगदान पु¥याउने बैंकले विश्वास लिएको छ।

विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज र उत्साहजनक बनाउन गरिएको उक्त सहयोगले स्थानीय विद्यालय तथा अभिभावकहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । बैंकले शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.