आईतवार, असार २१,२०८३ 04:22:29
Bizshala
  • आईतवार, असार २१,२०८३ 04:22:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुस्ताङ पर्यटनमा सरकारको नयाँ नजर: कोरला सडक स्तरोन्नतिमा प्राथमिकतामा

Laxmi Sunrise Bank Limited
मुस्ताङ पर्यटनमा सरकारको नयाँ नजर: कोरला सडक स्तरोन्नतिमा प्राथमिकतामा

काठमाण्डौ । सरकारले कालीगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने योजना अघि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले भैरहवादेखि उत्तरी नाका कोरलासम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा स्थापित गर्ने सरकारी लक्ष्य रहेको बताएका हुन्।

आइतबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको मुस्ताङको पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनसम्बन्धी छलफलमा मन्त्री पौडेलले कालीगण्डकी करिडोर नेपालको पर्यटन, व्यापार र क्षेत्रीय सम्पर्कका हिसाबले अत्यन्त महत्वपूर्ण मार्ग भएको बताए।

उनका अनुसार दक्षिणको भैरहवादेखि उत्तरको कोरला नाकासम्म सडक सञ्जाललाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउने सरकारको योजना छ। सडक स्तरोन्नतिसँगै धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई जोडेर यो मार्गलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइने उनको भनाइ छ।

New Office
CG Motors
Garima Development Bank

मन्त्री पौडेलले आर्थिक समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै मुस्ताङलाई अन्तर्राष्ट्रियस्तरको पर्यटन गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार, सेवा–सुविधा र सुरक्षालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।

उनले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए। हिमाली क्षेत्रका सडक विस्तारले पर्यटन मात्रै नभई स्थानीय उत्पादन, व्यापार, रोजगारी र जनजीवनमा समेत ठूलो परिवर्तन ल्याउने उनको भनाइ छ।

छलफलका क्रममा मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या जटिल बन्दै गएकोप्रति चासो व्यक्त गरे। उनले यसको समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्न सरोकारवाला निकायलाई सुझाव दिए। यस्तो व्यवस्था लागू भएमा पर्यटकको यात्रा अवधि, स्वास्थ्य अवस्था र जोखिम व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा मुस्ताङका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाले जिल्लाको पर्यटन क्षेत्रका सम्भावना, चुनौती र पूर्वाधार अभावबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले सडक स्तरोन्नति, स्वास्थ्य सेवा, उद्धार संयन्त्र, पर्यटक सूचना प्रणाली, होटल तथा गाइड सेवाको गुणस्तर सुधार र सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिनुपर्ने माग राखेका थिए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.