मंगलवार, श्रावण १२,२०८३ 01:04:40
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:04:40
Bizshala
Global IME Bank Limited

यो वर्ष विश्वव्यापी प्राकृतिक ग्यासको मागमा ०.२% को गिरावट आउने

यो वर्ष विश्वव्यापी प्राकृतिक ग्यासको मागमा ०.२% को गिरावट आउने
New Office

काठमाण्डौ । इन्टरनेशनल इनर्जी एजेन्सी(आईईए) का अनुसार सन् २०२६ मा विश्वव्यापी प्राकृतिक ग्यासको खपत करिब २० अर्ब घनमिटरले घट्ने अनुमान गरिएको छ। बढ्दो मूल्य र आपूर्ति संकटका कारण विद्युत् उत्पादन तथा औद्योगिक क्षेत्रमा ग्यासको माग घटिरहेको आईईएले जनाएको छ।

यो दशकमा विश्व ग्यास माग घटेको यो तेस्रो पटक हुनेछ। यसअघि सन् २०२० र २०२२ मा पनि प्राकृतिक ग्यासको विश्वव्यापी खपतमा गिरावट आएको थियो।

आईईएका अनुसार अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण ऊर्जा आपूर्ति शृङ्खलामा असर परेको छ। विशेषगरी स्ट्रेट अफ हर्मुज हुँदै हुने तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानी प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा दबाब बढेको छ। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत एलएनजी आपूर्ति यही मार्गबाट हुने गरेको थियो।

एसियामा सन् २०२६ को पहिलो छ महिनामा प्राकृतिक ग्यासको माग वार्षिक आधारमा करिब १ प्रतिशतले घटेको छ। उच्च मूल्यका कारण विद्युत् उत्पादन क्षेत्रमा केही देशहरूले ग्यासको सट्टा कोइलातर्फ निर्भरता बढाएका छन्।

युरोपको प्रमुख ग्यास मूल्य सूचक टीटीएफ ग्यास बेञ्चमार्क र एसियाको जेकेएम एलएनजी बेञ्चमार्क दुवैको मूल्य सन् २०२२ यताकै उच्च दोस्रो त्रैमासिक औसतमा पुगेका छन्। 

युरोपको टीटीएफ मूल्य वार्षिक आधारमा ३२ प्रतिशतले बढेर करिब १६ अमेरिकी डलर प्रति मिलियन ब्रिटिस थर्मल युनिट पुगेको छ भने एसियाली स्पट एलएनजी मूल्य ४५ प्रतिशतले बढेर औसत १७.५० डलर प्रति एमएमबीटुयु पुगेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.