सोमबार, श्रावण १८,२०८३ 09:29:42
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:29:42
Bizshala
Global IME Bank Limited

लगातार दोस्रो दिन यातायातको सर्भर ठप्प, देशभरका सेवाग्राही मर्कामा

लगातार दोस्रो दिन यातायातको सर्भर ठप्प, देशभरका सेवाग्राही मर्कामा
New Office

 

काठमाण्डौ । यातायात व्यवस्था विभागको सर्भर लगातार दोस्रो दिन पनि अवरुद्ध हुँदा देशभरका यातायात कार्यालयबाट प्रवाह हुने अधिकांश सेवा प्रभावित भएका छन्।

आर्थिक वर्षको अन्त्यमा प्रणालीमा अत्यधिक चाप बढेका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ। मंगलबार अपराह्नसम्म पनि सर्भर सञ्चालनमा नआएपछि विभिन्न कार्यालयले लाइसेन्स नवीकरण, बायोमेट्रिक, सवारी दर्ता तथा ब्लुबुकसम्बन्धी सेवा स्थगित गरेका छन्।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी चालक अनुमतिपत्रसम्बन्धी प्रणाली अवरुद्ध भएको जानकारी दिएको छ। कार्यालयले सोमबार नै सूचना जारी गर्दै ‘ईडीएल’ र ‘भीआरएस’ प्रणालीमा समस्या आएको जनाएको थियो।

 

सर्भर अवरुद्ध भएपछि एकान्तकुना कार्यालयले लाइसेन्स वितरण र दुईपाङ्ग्रे सवारीसाधनको ब्लुबुक नवीकरणबाहेकका सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले पनि सर्भर डाउन भएका कारण नियमित सेवा प्रभावित भएको जनाएको छ। उपत्यकाबाहिरका यातायात कार्यालयमा समेत यस्तै समस्या देखिएको छ।

यातायात व्यवस्था कार्यालय चाबहिलले सर्भर समस्याका कारण लिखित तथा प्रयोगात्मक परीक्षा र लाइसेन्स वितरणबाहेकका सेवा अवरुद्ध भएको जनाएको छ।

यता, यातायात व्यवस्था कार्यालय विराटनगरले कार्यालयका सेवा असार मसान्तसम्म स्थगित गरेको सूचना जारी गरेको छ। कार्यालयका अनुसार लाइसेन्ससम्बन्धी बायोमेट्रिक, नवीकरण, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म सञ्चालन हुने छैनन्।

यातायात व्यवस्था कार्यालय सुनसरीले पनि स्मार्ट कार्ड वितरणबाहेकका सम्पूर्ण सेवा सर्भर सञ्चालनमा नआएसम्म स्थगित गरेको जनाएको छ।

सर्भरमा पटक-पटक समस्या आउँदा सेवा लिन टाढाबाट यातायात कार्यालय पुगेका सेवाग्राही खाली हात फर्किन बाध्य भएका छन्। आर्थिक वर्षको अन्तिम समयमा राजस्व बुझाउने र कागजात नवीकरण गर्ने सेवाग्राहीको चाप बढिरहेका बेला सेवा अवरुद्ध हुँदा थप समस्या भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.