अब सवारी लाइसेन्स १० वर्षका लागि नवीकरण हुने, पुराना सबै आवेदनको कार्ड छापियो
काठमाण्डौ । सवारी चालक अनुमतिपत्रको म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी भएका सेवाग्राहीले अब लाइसेन्स नवीकरण गर्दा १० वर्षसम्म मान्य हुने नयाँ कार्ड पाउने भएका छन्।यातायात व्यवस्था विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी भएका लाइसेन्स नवीकरण गर्न चालकहरूलाई आग्रह गरेको छ। नयाँ व्यवस्थाअनुसार नवीकरण गरिएको सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम ...

